ताजा अपडेट

...


पद्मोदयमा लगाइएको ताला खुल्यो



इन्द्रेणी संवाददाता
घोराही, ६ चैत्र

दाङको पद्मोदय पब्लिक नमुना उच्च माबि भरतपुरको प्रशासन र लेखा शाखामा विद्यार्थी संगठनहरुले लगाएको ताला खोलेका छन् । शिक्षण शुल्क घटाउने बिषयमा सहमति भएपछि बिद्यार्थी संगठनहरुले ताला लगाएका दुई हप्ता पछि हिजो खोलेका हुन् ।


विभिन्न पार्टी निकटका बिद्यार्थी संगठन र स्कुल व्यवस्थापन समिति बिचआगामि शैक्षिक सत्र देखि शुल्क घटाउने, कक्षा ११ र १२ मा बिज्ञान संकायमा १ हजार ३ सय रुपैयाँर बिज्ञान शिक्षामा ९ सय रुपैयाँ, शिक्षा संकायमा पाँच सय रुपैयाँ र व्यवस्थापन संकायमा ८ सय रुपैयाँ शिक्षण शुल्क लिने सहमति भएको छ ।

कक्षा ११ र १२ को विज्ञान संकाय, बिज्ञान शिक्षा, शिक्षा संकाय र व्यवस्थापन संकायको घटेको शुल्क यही चैत्र महिना देखी नै लागु हुने गरि सहमति भएको अखिल क्रान्तिकारीका अध्यक्ष सन्तोष पोख्रेलले जानकारी दिनुभयो । यसै विच पद्मोदय बिद्यालयको छात्राबासमा भएको तर्साउने कार्यमा संलग्नलाई कार्वाही गर्ने पनि सहमति भएको छ ।

सहमति पत्रमा संयुक्त बिद्यार्थी संगठनको तर्फबाट नेपाल विद्यार्थी संघका उपाध्यक्ष टोपबहादुर बुढाथोकी, अखिलका अध्यक्ष बिरबल खड्का, एकीकृत माओबादी निकट अखिल क्रान्तिकारीका अध्यक्ष सन्तोष पोख्रेल, विप्लब निकट अखिल क्रान्तिकारीका अध्यक्ष हेमन्त जिसी र बैद्य निकट अखिल क्रान्तिकारीका उपाध्यक्ष प्रशान्त वलीले हस्ताक्षर गर्नुभएको छ ।

बिद्यालय व्यवस्थापन समितिको तर्फबाट शिक्षक अभिभाबक संघका अध्यक्ष दामोदर अधिकारी, बिद्यालय व्यवस्थापन समितिका सदस्य नारायण तर्ताल, बिद्यालयका प्राचार्य डा. कृष्णराज डिसीले हस्ताक्षर गर्नुभएको छ । उता पद्मोदय क्याम्पसमा लगाएतको ताला भने बिद्यार्थीहरुले खोलेका छैनन् । आधिकारीक क्याम्पस प्रमुखको माग गर्दै विद्यार्थी संगठनहरुले ताला लगाएका हुन् ।।

No comments:

Post a Comment

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.