ताजा अपडेट
शिक्षा
विचार
उपयोगी लिंकहरु
लोकप्रिय
-
इन्द्रेणी संवाददाता दाङ, १५ चैत्र वनजंगलमा मादल वनाउने काठ पाईन छाडेपछि यो पेशा संकटमा पर्न थालेको छ । मादल बनाउने पेशा गर्दै दाङका आएका बाद...
...
खानेपानी ट्यांकीका निर्माण
इन्द्रेणी संवाददाता
दाङ, ६ चैत्र
दाङ सोसाईटि क्लवले घोराहीको रतनपुरमा सार्वजनिक खानेपानी ट्यांकी निर्माण गरेको छ । सामाजिक सेवाको उदेश्यले दाङमा गठन भएको क्लवले घोराही ११ रतनपुर स्थित शिब मन्दिरको नजिकै सर्वसाधारणलाई पिउने पानीको सहजताका लागि खानेपानी ट्यांकी निर्माण गरेको हो ।
विभिन्न दाताहरुको सहयोगमा निर्माण गरिउको खानेपानी ट्यांकीको कुल लागत झण्डै दुई लाख रुपैयाँ रहेको क्लवका अध्यक्ष लेखनाथ बुढाथोकीले जानकारी दिनुभयो । घोराहीमा बर्षेनी पिउने पानीको अभाव बढ्दै गईरहेका बेला बाटामो हिँड्ने सर्वसाधारणलाई लक्षित गरी धारा सहितको पानी ट्यांकी निर्माण गरिएको उहाँले जानकारी दिनु भयो ।
६ हजार लिटरको क्षमत रहेको उक्त पानी ट्यांकीका शिब मन्दिर व्यवस्थापन समितिलाई हस्तान्तरण गरिने भएको छ । ट्यांकीको संरक्षणको सम्पूर्ण जिम्मा मन्दिरको रहने गरि हस्तान्तरण गर्न लागिएको महासचिव कुलराज पोख्रेलले जानकारी दिनुभयो । आउँदो १० गते एक कार्यक्रमको आयोजना गरेर उक्त ट्यांकी हस्तान्तरण हुने छ ।
यसैविच, खानेपानी ट्यांकी उद्घाटन तथा हस्तान्तरण कार्यक्रमका अवसरमा भव्य सांस्कृतिक कार्यक्रम समेत गरिने छ । १० गते होली पर्वका अवसरमा विभिन्न हुने सांस्कृतिक कार्यक्रमका लागि विभन्न कलाकारहरुलाई आमन्त्रण गरिसकिएको वताईएको छ ।।
Subscribe to:
Post Comments (Atom)






No comments:
Post a Comment