ताजा अपडेट

...


नक्कली प्रहरी अधिकृत प्रहरी खोरमा



इन्द्रेणी संवाददाता
रुकुम, ६ चैत्र

नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धानको अधिकृत हुँ भन्दै सर्वसाधारणलाई ठगि गर्ने एक जनालाई रुकुम प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जाजरकोट भेरी मालीका नगरपालिका १ का ३१ बर्षीय प्रेमबहादुर बस्नेत रहेको प्रहरीले जनाएको छ ।

बस्नेतलाई बिभिन्न ठाउँमा आफु प्रहरी अधिकृत भएको भन्दै अनेक ठगि गरि हिडिरहेको सूचना पाएपछि पक्राउ गरिएको रुकुमका प्रमुख रुपेश खड्काले जानकारी दिनुभयो । बस्नेतलाई रुकुम सोलाबाङ बजारबाट पक्राउ गरी सार्बजनिक अपराध मुद्दा शिर्षकमा मुद्दा दर्ता गरि अनुसन्धान जारी राखिएको छ ।

आरोपित बस्नेतले प्रहरीमा जागिर लगाई दिन्छु, सरुवा मिलाई दिन्छु, कारागारमा रहेको कैदी छुटाईदिन्छु भन्ने जस्ता झुठ्ठा आश्बासन दिदै सर्वसाधारणबाट रकम असुल्दै आएका थिए । उनले धेरै होटेल र पसलहरुमा समेत ठग्दै हिडेको प्रहरकिो भनाई छ ।।

No comments:

Post a Comment

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.