ताजा अपडेट
शिक्षा
विचार
उपयोगी लिंकहरु
लोकप्रिय
-
इन्द्रेणी संवाददाता दाङ, १५ चैत्र वनजंगलमा मादल वनाउने काठ पाईन छाडेपछि यो पेशा संकटमा पर्न थालेको छ । मादल बनाउने पेशा गर्दै दाङका आएका बाद...
...
शिव सामुदायिक वनमा आगलागी
रेखा मगर
दाङ, ६ चैत्र
दाङको स्युजा ८ खाडामा पर्ने शिव सामुदायिक वनमा आगलागी भएको छ । हिजो दिँउसोदेखी लाग्न सुरु भएको आगो अहिलेसम्म नियन्त्रणमा आउन नसकेको त्यहाँवाट भिमकुमार वुढाले जानकारी दिनुभएको छ ।
अपरान्ह ४ वजेदेखी लागेको आगो अहिलेसम्म नियन्त्रणमा आउन नसकेपछि हजारौं बोटविरुवा जलेर सखाप भएको अनुमान गरिएको छ ।
स्थानीयहरुले आगो नियन्त्रणको प्रयास गरेता पनि भिरालो ठाउँ र पानीको अभावका कारण आगो नियन्त्रणमा आउन सकेको छैन । साथै उपभोक्ताहरुले जिल्ला वन, ईलाका वन कार्यालयमा अग्नि नियन्त्रणका लागी पहल गरिरहेको उहाँले वताउनुभयो । आगो किन र कसरी लाग्यो भन्नवारे केपिह खुलेको छैन । गर्मीयाममा सानो लापरवाहीले गर्दा आगलागीका घटना हुने गर्दछ ।
यसैविच, नेपालगन्ज उपमहानगरपालिका २७ वसन्तचोक नजीकै रहेको बालाजी कपास उद्योगमा आज विहान ४ वजे लागेको आगो नियन्त्रणको प्रयास अझै जारी छ । विजुली सर्ट भएर पंकज कुमार वैश्यको कपास उद्योगमा आगलागी भएको बाँकेका प्रहरी निरीक्षक राम बहादुर चन्दले जानकारी दिनुभयो । उद्योगी वैश्यका अनुसार करिव एक करोड २० लाख रुपैया क्षति भएको हुन सक्ने अनुमान गरीएको छ । नेपालगन्ज उपमहानगरपालीकामा एउटा मात्र दमकल भएकाले आगो अझै आगो पुर्णरुपमा नियन्त्रमा लिन समस्या भएको छ ।।
Subscribe to:
Post Comments (Atom)






No comments:
Post a Comment