इन्द्रेनी संवाददाता
५ चतै, काठमाडौं । नेपाल प्रहरीको जवान पदका लागि खाली पदभन्दा सात गुणा बढी आवेदन परेको छ । नेपाल प्रहरीले पछिल्लोपटक ५ हजार ४ सय ४४ वटा जवान पदका लागि आवेदन आहृवान गरेको थियो ।
जसमा ३५ हजार २ सय ६४ जनाको आवेदन परेको छ ।
![]() |
कहाँबाट कतिले भरे ?
देशमा बढ्दो बेरोजगारीका कारण माग भन्दा ७ गुणा आवेदन परेको हो । क्षेत्रगत रुपमा सबैभन्दा बढी आवेदन मध्यपश्चिममा परेको छ । त्यहाँबाट १० हजार ४ सय ४५ युवाले आवेदन दिएका छन् ।
ययैगरी मध्यमाञ्चलमा ६ हजार ३ सय ६, पूर्वाञ्चलमा ५ हजार ७ सय, पश्चिमाञ्चलमा ५ हजार २ सय ५, सुदुर पश्चिमाञ्चलमा ३ हजार ९ सय ४९ जनाको आवेदन परेको छ । काठमाडौं उपत्यकाबाट भने ३ हजार ६ सय ९५ युवाले जवानका लागि आवदेन भरेका नेपाल प्रहरीले जनाएको छ ।
प्रहरीको मानवश्रोत विकास विभाग, भर्ना तथा छनौट शाखाका अनुसार प्रहरी जवानको खुल्लातर्फ २ हजार नौ सय ३४ जनाका लागि भर्ना खोलिएको छ ।
त्यसैगरी प्रहरीको अमर र अशक्त परिवारबाट १ सय नौ जना, समावेशी समूह अन्तर्गत आदिवासी जनजातिमा ७ सय ६८ जना, मधेसी ६ सय ७२ जना, महिला ४ सय ८० जना, दलित ३ सय ६० जना र पिछडिएको क्षेत्रबाट १ सय २१ गरी पाँच हजार चार सय ४४ जनाका लागि आवेदन खुलाइएको थियो ।






No comments:
Post a Comment