ताजा अपडेट

...


कम्प्युटर अपरेटर तालिम सम्पन्न



इन्द्रेनी संवाददाता 
घोराही,५ चैत । प्राविधीक शिक्षा तथा व्यवसायीक तालिम परिषद् सीप विकास परियोजनाको आर्थिक सहयोगमा पद्मोदय पब्लीक उच्च मावि घोराहीमा सञ्चालित २ महिने विल्डीङ ईलेक्ट्रिसियन तथा कम्प्यूटर अपरेटर तालिम सम्पन्न भएको छ । तालिमको शुक्रवार एक कार्यक्रमको आयोजना गरि समापन गरिएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भगिरथ उपाध्यायको अध्यक्षतामा भ एको कार्यक्रममा  विद्यालयका प्राचार्य डा. कृष्णराज डिसीले सुचना र प्रविधीको वर्तमान समयमा यसको सही सदुपयोग गर्नुपर्ने बताउनुभएको थियो । कार्यक्रममा विद्यालयका शिक्षक निशान्त आचार्य, प्रशिक्षक पदम बस्नेत, प्रशिक्षार्थी दलबहादुर थापा र विना पुन लगायतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको सहजिकरण पिताम्वर पौडेलले गर्नुभएको थियो । 
 

No comments:

Post a Comment

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.