इन्द्रेनी संवाददाता
घोराही,६ चैत । मदानी साहित्य समुह नेपालको आयोजनामा वहुचर्चित उपन्यास जुनेलीको परिचर्चा हुने भएको छ ।
युवा साहित्यकार व्रजेशले लेखेको उपन्यासको आज शनिवार दिउँसो ३ वजे नेपाल पत्रकार महासँघ दाङ्गमा कार्यक्रम हुने संयोजक वसन्त विवश आचार्यले वताउनुभएको छ ।
कार्यक्रममा जुनेलीका वारेमा लेखकसँग सँयोजक आचार्यले छलफल गर्नेछन् भने प्रकाशकका विषयमा वुक हिल प्रकाशनका प्रकाशक भुपेन्द्र खड्कासँग भुपेनले अन्तक्र्रिया गर्नेछन् । विभिन्न साहित्यिक अन्तक्र्रिया गर्दै आएको मदानीको कार्यक्रममा उपस्थितिका लागि सँयोजक आचार्यले सवैलाई आग्रह गर्नुभएको छ ।






No comments:
Post a Comment