ताजा अपडेट

...


पत्रकार एवं चलचित्रकर्मी पीडितलाई ३५ हजार सहयोग



इन्द्रेणी संवाददाता 
दाङ, ९ चैत्र । साहित्यकार, पत्रकार एवं चलचित्रकर्मी के.एल.पीडितलाई विरामी श्रीमती शारदा बुढाथोकीको उपचारको लागि बिभिन्न व्यक्तिहरुले ३५ हजार आर्थिक सहयोग गर्नु भएको छ । दाङ घर भई हाल पोल्याण्डमा रहनु भएका मित्रलाल पार्देले रु १५ हजार, बसन्तराज भट्टले १५ हजार र श्रीधरकुमार लम्सालले ५ हजार आर्थिक सहयोग गरेको नेपाल पत्रकार महासंघ दाङका निवर्तमान अध्यक्ष समेत रहेका पीडितले बताउनु भयो । सहयोगीहरुप्रति पीडितले धन्यवाद ज्ञापन गर्नु भएको छ । 

उपचारका क्रममा पीडितकी श्रीमती शारदा बुढाथोकी


विगत केही वर्षदेखि अनेक रोगले ग्रस्त पीडितकी श्रीमती पछिल्लो समय पेट, छाती तथा पाठेघर सम्बन्धी समस्याले थलिनु भएको छ । द्वन्द्व कालमा करिब ढेड वर्ष विस्थापित हुँदा उहाँमा हृदयरोग देखिएको र सो रोग पुनःबल्झिएको पीडितले बताउनु भयो । सामाजिक क्षेत्रमा क्रियाशील हुँदाआफ्नो आर्थिक अवस्थाअत्यन्त नाजुक भएको बताउँदै पीडितले श्रीमतीको दीर्घकालीन उपाचारका लागि सहयोग गरिदिन सबैसंग अनुरोध गर्नु भएको छ । 

‘उनको पूर्णउपचारको लागि कम्तीमापनि ४/५  लाखखर्च लाग्ने अनुमान गरेको छु । साथीभाइहरुको सहयोग भएनिकै सजिलो हुन्थ्यो । के गर्ने ? समाज सेवागर्दा गर्दै ऋणमा डुबेको छु ।’ पीडितले आफ्नो दुःखेसो पोख्नु भयो । मुलुकको राजनीतिक, सामाजिक एवं सास्कृतिक रुपान्तरणमा विगतदुई दशकदेखि अनवरत क्रियाशील पीडित २०४६ को आन्दोलन, २०५२ को जनयुद्ध तथा ०६२/ ०६३ सालको जनआन्दोलनमा सक्रियरुपमा सहभागीहुनु भएको थियो । पछिल्लो समय राप्तीको कला क्षेत्रको प्रवद्र्धन र नवप्रतिभाहरुको उन्नयनमा समर्पित पीडितले जीवनभर समाजको लागिक्रियाशीलहुने प्रतिवद्धता व्यक्तगर्नु भएको छ । 

No comments:

Post a Comment

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.