ताजा अपडेट

...


आज पहाडमा होली मनाईंदै



इन्द्रेणी संवाददाता
दाङ, ९ चैत्र । रंगहरुको पर्व फागु अर्थात होली आज देशका पहाडी जिल्लाहरुमा उल्लासपूर्वक मनाईंदै छ । प्रत्येक वर्षको फागुन शुक्ल पूर्णिमाका दिन मनाइने रङको चाड फागुपूर्णिमा पहाडी क्षेत्रमा आज र तराईमा भोली भव्यताका साथ मनाउन लागिएको हो । वसन्त ऋतुको आगमनको उल्लाससँगै एक अर्कामाथि विभिन्न प्रकारका रङ हालेर एकअर्कालाई रङ्गिन बनाएर मनाइन्छ ।


वसन्त ऋतुको आगमनको सुरुवातमा पर्ने फागु पर्व एक आपसमा मैत्रीभाव प्रकट गर्न सामूहिक रुपमा भेला भएर एक अर्कामा रङ दलेर मनाउने गरिन्छ । सत्य युगमा विष्णुभक्त प्रह्लादलाई मार्नका लागि हिरण्यकश्यपले विभिन्न जाल बुन्दा पनि नसकेपछि आगोबाट नजल्ने र नमर्ने वरदान पाएकी बहिनी होलिकाले प्रह्लादलाई काखमा लिएर आगोमा बस्न लगाउँदा प्रह्लादलाई केही नभएको तर होलिका जलेर नष्ट भएको प्रसंग यस पर्वसँग जोडिएको छ ।

असत्यमाथि सत्यको विजय भएको यस घटनापछि होली मनाउन थालिएको विश्वास गरिन्छ । नेपालका पहाडी क्षेत्रमा फागु पूर्णीमाको दिन होली मनाउने गरिन्छ भने तराईमा पूर्णीमाको भोलिपल्ट होली पर्व मनाउने गरिन्छ । नेपालमा प्रचलित विभिन्न संस्कृमिध्ये फागुपूर्णिमा आफ्नै विशिष्ट महत्वको पर्व हो । यो पर्वमा होली पर्वको रङ जस्तै जीवन रंगीन बन्न सकोस भनेर शुभकामना दिने गरिन्छ ।

होली पर्वको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुभकामना व्यक्त गर्नुभएको छ । हर्षोल्लासपूर्वक मनाउने फागुपूर्णिमाका अवसरमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र भाइचाराको कामना गर्नुभएको छ । यसैविच, होली पर्बलाई मध्यनजर गर्दै दाङ प्रहरीले सुरक्षा र सवारी चेकजाँचमा कडाई गरेको छ ।।

No comments:

Post a Comment

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.