इन्द्रेणी संवाददाता
घोराही,१४ चैत । विद्युतिय शक्तिवाट सञ्चालन भएका अटो रिक्सा चालकहरुका लागि ‘नेतृत्व विकास तालिम तथा भेला आइतवार घोराहीमा सम्पन्न भएको छ । नेपाल टेड्र युनियनमा आवद्ध नेपाल यातायात मजदुर सघको आयोजन र टेड्र युनियन काग्रेसको व्यवस्थापनमा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले अटो रिक्साहरले बजारमा राम्रो सेवा प्रदान गरेको अटो रिक्साहरुको व्यवस्थीत तरिकाले सञ्चालन गर्नुपर्ने बताएका थिए । त्यस्तै चालकहरुले अटो रिक्साहरुको लागि पार्किङ,दर्ता,बिमा आदि प्रक्रियाहरुलाई सहज रुपमा अघि बढाउनुपर्ने माग गरेका थिए ।

अटो रिक्सा चालक प्रितिमान घर्तिमगरको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काग्रेस दाङका सभापति किर्तिबहादुर खड्का,नेपाल यातायात मजदुर सघका केन्द्रीय अध्यक्ष अजयकुमार राई,नेपाली काग्रेस दाङका सचिव शंकरप्रसाद डागी,ट्रेड युनियन काग्रेस दाङका पूर्व अध्यक्ष गोविन्द्रप्रसाद न्यौपाने,शिक्षक सघ दाङका अध्यक्ष अर्जुनकुमार योगी,सघका निवर्तमान अध्यक्ष अमरबहादुर खड्का,टे«ड युनियन काग्रेस दाङका अध्यक्ष किशोर आचार्य,रिक्सा चालक मजदुर सघका महासचिव सूर्यप्रसाद बराल लगाएतकाले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
यसैविच भेलालले पृथ्वीमान घर्तिमगरको अध्यक्षता नयाँ विद्युतीय अटो रिक्सा मजदुर सघ घोराही कमिटि गठन गरेको छ । जसको उपाध्यक्षमा भानुभक्त पुन, सचिवमा खुमबहादुर बस्याल,कोषाध्यक्षमा हर्कमान खत्री, रहनुभएको छ । त्यस्तै सदस्यहरुमा हिरा नेपाली,तेजबहादुर राना,शिव गुरुङ,कृष्णबहादुर सार्की,चन्द्र बुढा,विरबहादुर चौधरी रहनुभएको छ । यातायात मजदुर सघका सोम पौडेलको स्वागत मन्तव्यवाट सुरुभएको कार्यक्रमको सहजीकरण ट्रेड युनियन काग्रस दाङका सचिव इन्द्र चौधरीले गर्नुभएको थियो । कार्यक्रमका सहभागिहरुलाई सघका उपाध्यक्ष विष्णमणि दाहालले धन्यावाद ज्ञापन गर्नुभएको थियो ।

No comments:
Post a Comment