इन्द्रेणी संवाददाता
घोराही,१४ चैत । घरेलु तथा साना उद्योग कार्यालय दाङको आयोजनामा सञ्चालन भएको सात दिने उद्यमशिल विकास तालिमको आइतवार एक कार्यक्रमको आयोजना गरी समापन गरिएको छ । घरेलु तथा साना उद्योग कार्यालय दाङका प्रमुख उमबहादुर वलीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दिपक काफ्लेले उद्योग स्थापनाका लागि तालिम आधारशिला भएको बताउनुभएको छ । उद्योगको स्थापनासँगै रोजगारी प्रदान गर्नका लागि तालिमका सहभागिहरुलाई उद्यमशिलता विकास सम्वन्धीको सात दिने तालिमले सहयोग पु¥याउने बताउनुभएको थियो । त्यस्तै कुनै पनि व्यवसाय सञ्चालन गर्नका लागि पहिले उद्यमशिल तालिम आवश्यक पर्ने भन्दै प्रमुख जिल्ला अधिकारी काफ्लेले उद्यमशिलतासँगै आत्मनिर्भर बन्नका लागि समेत मानिसहरुलाई सहयोग ¥याउने बताउनुभएको थियो ।
त्यस्तै प्रमुख जिल्ला अधिकारी काफ्लेले दाङ कृषि उद्योग सञ्चालनका लागि प्रशस्त आधारहरु रहेको भन्दै त्यसका लागि मानिसहरु लाग्न आवश्यक रहेको बताउनुभएको थियो । त्यस्तै कार्य क्रममा बोल्ने अन्य बक्ताहरुले तालिमले सहभागिहरुलाई उद्याग सञ्चालनका लागि शैधान्तीक ज्ञान प्रदान गरेको भन्दै विषयगत तालिमले उद्योग सञ्चालनका लागि थप सहयोग पु¥याउने बताएका थिए । त्यस्तै उद्योग सञ्चालका लागि तालिमसँगै कमजोर आर्थिक अवस्था भएका मानिसहरुलाई सरकारले उद्योग सञ्चालनका लागि सामाग्रीहरु समेत सहयोग गर्नुपर्ने बतायका थिए ।
घरेलु तथा साना उद्योग कार्यालयका उद्यँोग प्रवद्र्धन शाखाका प्रमुख बामदेव शर्माको स्वागत मन्तव्यवाट सुरभएको कार्यक्रममा तालिमका प्रशिक्षक भिम बस्नेत,तालिममा सहभागि सहनशिल दिदी बहिनी अल्लो धागो उद्योगकी सिता मल्ल लगाएतकाले बोल्नुभएको थियो । तालिमको सञ्चालन कार्यालयका तालिम प्रशिक्षक रामप्रसाद देवकोटाले गर्नुभएको थियो । तालिममा ५० जनाको सहभागिता रहेको थियो ।
उद्यमशिलता तालिमको समापनपछि तालिमका सहभागिहरुलाई जिल्लाका विभिन्न स्थानमा विषयगत तालिम सञ्चालन गरिने भएको छ । जस अन्तरर्गत दलित,जनजाति र एकल महिलाहरुको लागि डल–कुशन तालिम,महिलाहरुका लागि परम्परागत सिपमा आधारित अल्लो धागोका कपडा सिलाउने तालिम,पुरुषहरुका लागि पलम्वीङ तालिम,महिला र पुरुषहरुको लागि कम्प्युटर मर्मत तथा प्रशिक्षक तालिम र इन्भटर सोलार मर्मत सम्वन्धी ४५ दिने तालिम सञ्चालन हुने भएको घरेलु तथा साना उद्योग कार्यालय दाङले जानकारी दिएको छ ।

No comments:
Post a Comment