ताजा अपडेट

...


दाङमा एलएलसी परीक्षाका लागि ४२ केन्द्र,यस वर्ष तीन परीक्षा केन्द्र थप



 इन्द्रेणी संवाददाता 
 
घोराही,१४ चैत ।  विद्यार्थीहरको आइरन गेटको रुपमा परिचत प्रवेशिका परिक्षा (एसएलसी)को तीव्र पारिएको जिल्ला शिक्षा कार्यालय दाङले जनाएको छ । यहि चैत १८ गतेदेखि २६ गतेसम्म हुन थालेको परिक्षाका लागि अघिल्लो वर्षको तुलनामा तीन वटा परिक्षा केन्द्र थपेर जिल्लामा ४२ वटा परीक्षा केन्द्रहरु निधारण गरेको कार्यालयले जनाएको छ । 

गत वर्ष  जिल्लामा प्रवेशिका परिक्षाका लागि ३९ वटा परीक्षा केन्द्र भएपनि विद्यार्थीहरुको सहजताका लागि तीन वटा परिक्षा केन्द थप गरेर ४२ वटा परिक्षा केन्द्रहरु तय गरिएको सहायक जिल्ल्ला शिक्षा अधिकारी सानुनारायण अधिकारीले जानकारी दिनुभएको छ ।  अघिल्लो बर्षका परिक्षा केन्द्रहरुलाई यथावत राख्दै यस वर्ष मावि खिलतपुर,पव्लीक ज्ञानज्योति तुलसीपुर र बालविकास माध्यामिक विद्यालयमा थप परिक्षा केन्द्र थप गरिएको जिल्ला शिक्षा कार्यालय दाङले जनाएको छ ।  यस वर्ष जिल्ला वाट १४ हजार २ सय ८६ जना विद्यार्थी परिक्षामा सहभागि हुने भएका छन जस मध्ये नियमित पाँच हजार हजार दुई सय ३० जना छात्रा र चार हजार छ सय ८६ छात्र गरी नौ हजार नौ सय १६ जना विद्यार्थीहरु सहभागि हुन थालेका अधिकारीले जानकारी दिनुभएको हो ।  

त्यस्तै इक्जामटेड तर्फ  दुई हजार नौ सय १२ छात्रा र एक हजार चार सय सय १८ छात्र गरी चार हजार तीन सय ७० जना विद्यार्थीहरु परिक्षामा सहभागि हुने भएका छन । त्यस्तै यस वर्ष  तीन सय ६७ जना विद्यार्थीहरुले एसएलसी परिक्षा दिन नपाउने भएका छन । विद्यालयमा ७५ प्रतिशत हाजिरी नहुनका साथै अन्य कारणवाट झण्डै साढे तीन सय भन्दा बढि विद्यार्थीहरु प्रवेशिका परिक्षावाट बञ्चीत भएको कार्यालयले जनाएको छ ।

   त्यस्तै यस वर्ष प्राविधिक एलएलसी दिने विद्यार्थीहरुको लागि घोराहीको पद्मोदय पव्लीक उच्च माध्यामिक विद्यालयमा परिक्षा केन्द्र निधारण गरिएको जिल्ला शिक्षा कार्यालय दाङले जनाएको छ ।  प्रवेशीका परिक्षाका लागि केन्द्र निधारण,केन्द्रका लागि केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष लगाएतको कार्य गरिसकेको कार्यालयले जनाएको छ । परिक्षा विहान ८वजेदेखी ११ वजे हुने भएको छ ।  शिक्षा कार्यालयका अनुसार चैत १८ गते अङग्रेजी,१९ गते नेपाली, २१ गते गणित, २२ गते विज्ञान, २३ गते सामाजिक, २४ गते स्वास्थ्य जनसङख्या तथा वातावरण, २५ गते ऐक्षिक प्रथम, २६ गते एक्षिक द्धितीय विषयको परीक्षा हुने भएको छ । प्राविधिक तर्फ भने २९ गते सम्म नै परिक्षा सञ्चालन हुने शिक्षा कार्यालयले जनाएको छ ।


No comments:

Post a Comment

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.