ताजा अपडेट
शिक्षा
विचार
उपयोगी लिंकहरु
लोकप्रिय
-
इन्द्रेणी संवाददाता दाङ, १५ चैत्र वनजंगलमा मादल वनाउने काठ पाईन छाडेपछि यो पेशा संकटमा पर्न थालेको छ । मादल बनाउने पेशा गर्दै दाङका आएका बाद...
...
भालुवाङ्ग खानेपानीको चुनाव भोली
इन्द्रेणी संवाददाता
भालुवाङ, १४ चैत्र
भालुवाङ्ग खानेपानी तथा सरसफाई उपभोक्ता समितिको निर्वाचन भोली हुने भएको छ । भोली हुने निर्वाचनका लागी भालुवाङमा चुनावी रौनकता बढेको छ । उम्मेद्धारहरु आ—आफ्ना पक्षमा मत माग्दै मतदाताहरुको घर—घरमा पुग्ने क्रम जारी छ ।
गत फागुन २८ गते भएको समितिको तेस्रो अधिवेशनले नयाँ कार्य समिती चयन गर्न नसकेपछि फेरी भोली निर्वाचन हुन लागेको हो । सयुक्त लोकतान्त्रिक उपभोक्ता प्यानलका अध्यक्ष हस्तबहादुर गुरुङ्ग र सयुक्त बामपन्थी प्यानलका अध्यक्ष टोपबहादुर कार्कीको प्यानल चुनावी मैदानमा छ ।
चुनावी प्रचार—प्रसारका लागि निर्वाचन समितिले आज राती १२ बजे सम्मको समय निर्णधारण गरेको छ । संयुक्त लोकतान्त्रिक उपभोक्ता प्यानललाई काँग्रेस र राष्ट्रिय जनमोर्चाको समर्थन रहेको छ भने सयुक्त बामपन्थी प्यानललाई एनेकपा माओवादी, एमाले, बैद्य माओवादी र बिप्लप माओवादीको समर्थन छ ।
भालुवाङ्ग खानेपानी तथा सरसफाई उपभोक्ता समितिमा ९ सय ५५ मतदाता रहेको निर्वाचन समितिले जनाएको छ । भोली बिहान ८ बजे देखि साँझा ५ बजे सम्म मतदान हुनेछ ।।
Subscribe to:
Post Comments (Atom)





No comments:
Post a Comment