ताजा अपडेट

...


दुर्घटनामा एकै घरका ३ जना घाइते



रेखा मगर
दाङ, १४ चैत्र

पूर्वपश्चिम राजमार्ग अन्तरगत दाङको गोवरडिया गाविसमा आज विहान कार दुर्घटना हुँदा ३ जना घाइते भएका छन । नेपालगंजवाट स्याँजातर्फ जाँदै गरेको बा १२ च ६९८२ नम्वरको कार गोवरडिहा १ मा दुर्घटना  हुँदा एकै परिवारका ३ जना घाईते भएका हुन ।
दुर्घटनामा परी स्याङजा पुतलीनगर वस्ने ३४ वर्षिय विश्वनाथ शर्मा, उहाँकी श्रीमति ३२ वर्षिय साजना भटट्राई र छोरा ४ वर्षिय बिशिष्ट शर्मा घाईते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । तिव्र गतिका कारण दुर्घटना भएको प्रहरीको भनाई छ ।

घाइते ३ नै जनाको लमहीमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि बुटवल रेफर गरिएको प्रहरीले बताएको छ ।।

No comments:

Post a Comment

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.