ताजा अपडेट
शिक्षा
विचार
उपयोगी लिंकहरु
लोकप्रिय
-
इन्द्रेणी संवाददाता दाङ, १५ चैत्र वनजंगलमा मादल वनाउने काठ पाईन छाडेपछि यो पेशा संकटमा पर्न थालेको छ । मादल बनाउने पेशा गर्दै दाङका आएका बाद...
...
भालुवाङ खानेपानीको निर्वाचन आज
इन्द्रेणी संवाददाता
भालुवाङ्ग १५ चैत्र
भालुवाङ्ग खानेपानी तथा सरसफाई उपभोक्ता समितीको नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन हुँदैछ । गत फागुन २९ गते भएको चौथो बार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनमा नयाँ नेतृत्वका लागि सहमति हुन नसके पछि आज निर्वाचन हुन लागेको हो । बिहान ८ बजे देखि ५ बजे सम्म राप्ती उद्योग बाणिज्य संघको सभाहलमा मतदान गर्ने व्यवस्था मिलाईएको निर्वाचन समितीका संयोजक मानबहादुर कुमालले जानकारी दिनुभएको छ ।
मतदान सकिए लगत्तै मतगणा शुरु गर्ने र राती १२ बजे सम्म बिजय उम्मेद्धार घोषणा गर्ने संयोजक कुमालले बताउनुभयो । निर्वाचनमा अध्यक्ष हस्तबहादुर गुरुङ्गको सयुक्त लोकतान्त्रिक प्यानलका र अध्यक्ष टोपबहादुर कार्कीको सयुक्त बामपन्थी प्यानल चुनावी मैदानमा छ । अध्यक्ष हस्तबहादुर गुरुङ्गको सयुक्त लोकतान्त्रिक उपभोक्ता प्यानललाई नेपाली काँग्रेस र राष्ट्रिय जनमोर्चाको समर्थन रहेको छ भने अध्यक्ष टोपबहादुर कार्कीको सयुक्त बामपन्थी प्यानलको प्यानललाई एकिकृत नेकपा माओवादी, नेकपा एमाले, बैद्ध माओवादी र बिप्लप माओवादीको समर्थन छ ।
भालुवाङ्ग खानेपानी तथा सरसफाई उपभोक्ता समितीमा कुल मतदाता ९ सय ५५ रहेको निर्वाचन समितीले जनाएको छ । यसैबीच आज हुन लागेको निर्वाचनमा मतदान गर्न सम्पूर्ण मतदातामा निर्वाचन समितीले सबैमा आग्रह समेत गरेको छ । निर्वाचनलाई निश्पक्ष, धाधलिरहित बनाउन स्थानिय राजनितिक दल, स्थानिय संघसंस्था, सम्बन्धि सरकारी तथा गैरसरकारी निकाय, सुरक्षाकर्मी, सञ्चारकर्मी, उपभोक्ता, मतदाता, उम्मेद्धार सबैमा निर्वाचन समितिले अनुरोध समेत गरेको छ ।।
Subscribe to:
Post Comments (Atom)






No comments:
Post a Comment