ताजा अपडेट

...


दुई पक्षबिच झडप हुँदा ५ घाइते



इन्द्रेणी संवाददाता
सर्लाही , ११ चैत्र

होली मनाउने क्रममा सर्लाहीको मोहनपुरमा दुई पक्षबिच झडप हुँदा पाँच जना घाइते भएका छन् । हिजा हाली खेल्ने क्रममा झडप हुँदा मोहनपुर–५ का २७ वर्षिय राजेश यादव र मोहनपुर–८ का ३० वर्षिय अप्सुर मन्सुर गम्भीर घाइते भएका छन ।

जिल्ला अस्पताल मलंगवामा उपचार हुन नसकेपछि राजेशलाई वीरगञ्ज र अप्सुरलाई भरतपुर रिफर गरिएको सर्लाहीका प्रहरी उपरीक्षक केदार ढकालले जानकारी दिनुभयो । अन्य घाइते तीन जनाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

मोहजपुर– ५ मा मस्जिद अगाडि होली मनाउने क्रममा दुई पक्षबिच झडप भएको हो । झडपका क्रममा दुवै पक्षबाट ढुंगा प्रहार भएको थियो । घटनाको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक ढकालले बताउनुभयो ।।

No comments:

Post a Comment

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.