ताजा अपडेट

...


देउखुरीमा कोल्ड स्टोर



इन्द्रेणी संवाददाता
देउखुरी, १० चैत्र

देउखुरीमा राप्तीकै सवैभन्दा ठुलो कोल्ड स्टोर निर्माण गरिने भएको छ । देउखुरीका किसानहरुले उत्पादन गर्ने आलु, अन्य तरकारी र फलफूललाई मध्यनजर गरी लमही नगरपालीका ५ टिकुलीगढमा ८ करोड ४६ लाखको लागतमा कोल्ड स्टोर निर्माण हुने भएको हो ।
राप्ती उद्यम प्रालीको लगानीमा निर्माण गर्न लागिएको कोल्ड स्टोर अवको १८ महीना भित्र निर्माणको काम सम्पन्न हुनेछ । साना तथा मझौला कृषक आय स्तर वृद्धि आयोजनाको दुई करोड ९९ लाख ४४ हजार अनुदान र प्रालीको ५ करोड ४६ लाख ७७ हजारको संयुक्त लगानीमा कोल्ड स्टोर निर्माण हुन थालेको हो ।

प्रालीका अध्यक्ष देवांगजन चौधरीले कोल्ड स्टोर १० कट्ठा जग्गामा वनाउन थालिएको जानकारी दिनुभयो । बार्षिक २८ सय मेट्रीकटन कृषि र फलफूल स्टोर गरी राख्ने लक्ष्य राखिएको छ । जसमा २६ सय मेट्रीकटन आलु, २ सय मेट्रीकटन फलफूल र तरकारी स्टोर हुने वार्षिक लक्ष्य निर्धारण गरिएको प्रालीका अध्यक्ष चौधरीले वताउनु भयो ।।

No comments:

Post a Comment

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.