ताजा अपडेट

...


नापी, मालपोत र भुमिसुधार अव लमहीबाट



इन्द्रेणी सम्वाददाता
दाङ, २० फागुन
सरकारले दाङको लमहीमा मालपोत, नापी र भुमिसुधारका शाखा कार्यालय स्थापना गर्ने प्रक्रिया सुरु गरेको छ । यसै आर्थिक वर्षमा सेवा प्रबाह गर्ने गरी लमहीमा मालपोत, नापी र भुमिसुधारका शाखा कार्यालय स्थापना गर्ने प्रक्रिया सुरु भएको भुमि सुधार ब्यबस्था मन्त्रालयले जनाएको छ ।
       

देउखुरीबाट विभिन्न मागहरु लिएर काठमाण्डौ पुगेको प्रतिनिधि टोलीसंग कुरा गर्दै मन्त्रालयका कायम मुकायम सचिब नागेन्द्र झाले लमहीमा शाखा कार्यालय सञ्चालनका लागि कर्मचारी ब्यबस्थापन र बजेट विनियोजनका लागि अर्थ मन्त्रालयल र सामान्य प्रशासन मन्त्रालय संग छलफल भैरहेको बताउनुभयो ।

देउखुरीको जनसंख्या, वित्तिय पँहुच र सुरक्षाको दृष्टिले लमही नगरपालिका भित्रै शाखाहरु सञ्चालन गर्ने सरकारले यस अगाडी नै निर्णय गरीसकेको थियो । आगामी आर्थिक वर्ष देखि प्रक्रिया सुरु गर्ने योजना भए पनि आबस्यकतालाई हेरेर यहि असार महिना अगाडी नै सेवा दिने गरी काम सुरु गरेको प्रतिनिधि टोलीमा सहभागि गंगाराम भट्टराईले जानकारी दिनुभयो ।

प्रक्रियाका बारेमा सामान्य प्रशासन मन्त्री रेखा शर्मासंग पनि टोलीले भेट गरेको छ । भेटका क्रममा मन्त्रि शर्माले लमहीमा नापी, मालपोत र भुमिसुधारका शाखा कार्यालय स्थापना गरी सेवा प्रवाह गर्ने सन्दर्भमा आफु सकारात्मक भएको बताउनु भएको थियो । साथै उहाले चालु आर्थिक वर्ष भित्रै सेवा सञ्चालनका लागि अर्थ मन्त्रालय संग छलफल गर्ने पनि बताउनुभएको टोलीमा सहभागि भट्टराईले बताउनुभयो ।

देउखुरीका सम्पुर्ण गाविसका नागरीहरु नापी, भुमि सुधार तथा मालपोतको कामका लागि घोराही धाउनु पर्ने बाध्यता रहेको थियो । लमहीमा शाखा कार्यालय स्थापना हुने भए पछि सहज हुने भएको छ ।।

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.