ताजा अपडेट

...


कालोमोसा दलेको अभियोगमा पक्राउ



इन्द्रेणी सम्वाददाता
घोराही, २० फागुन
जलउत्पन्न प्रकोप नियन्त्रण १८ नम्वर डिभिजन कार्यालय लमही, दाङका प्रमुख वेदानन्द उपाध्यायलाई कालोमोसो दलेको अभियोगमा एक जना पक्राउ परेका छन । प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ माओवादीका जिल्ला सदस्य एकराज चौधरीलाई वडा प्रहरी कार्यालय लमहीले पक्राउ गरेको हो ।


विप्लव माओवादी निकट अखिल नेपाल किसान संघ क्रान्तिकारी दाङले उपाध्यायले भ्रष्टाचार गरेको आरोप लगाउँदै कार्यालयभित्रै कालोमोसो दलेको थियो । लमहीको सुनखोलीबाट मोटरसाईकल सहित चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको नेकपा माओवादी जिल्ला सचिवालय सदस्य ओमप्रसाद सुवेदी ‘सागर’ जानकारी दिनुभएको छ ।

तर पक्राउ परेका व्यक्तिको नाम भने प्रहरीले खुलाएको छैन् । पक्राउ परेका व्यक्तिका बारेमा अनुसन्धान सुरु भएको दाङका प्रहरी प्रमुख एसपी कुबेर कडायतले जानकारी दिनुभयो । मोबिल किन्न पक्राउ परेका व्यक्ति नै संलग्न भएको खुल्न आएको र प्रहरीले कार्यालयका कर्मचारी माथी समेत अनुसन्धान थालेको जनाएको छ ।

घटनामा दोषि देखिएकाहरुलाई सार्वजनिक मुद्धा चलाउने प्रहरीले तयारी समेत गरेको छ । कार्यालय प्रमुख उपाध्याय माथी मोबिल छ्यापेपछि पुछ्दै गरेको फोटो समेत सार्वजनिक भएको छ ।नितिगतरुपमा उपभोक्ता समिति मार्फत गरिनुपर्ने कामलाई उपाध्यायले लाखौ रुपैयाँ कमिसन लिएर ठेकेदार मार्फत काम गराएको संघले आरोप लगाएको छ ।।

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.