ताजा अपडेट

...


नदिमा डुवेर वालकको मृत्यू



दीपबहादुर घर्ती
जाजरकोट, १४ चैत

जाजरकोटको नलसिंह गाड नदीमा डुवेर एक वालकको मृत्यू भएको छ । मृत्यु हुनेमा डाडाँगाउँ गाविस ५ का भविलाल घर्तीका १० वर्षिय छोरा वालाराम घर्ती रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

नुहाउन गएका वालाराम नदीमा डुवेको तत्काल खवर पाएपछि दल्ली प्रहरी चौकीमा कार्यरत प्रहरी टोली र स्थानियको पहलमा दिउसो साढी ११ वजे उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयको सुचना विभागले जनाएको छ ।

नुहाउन गएका तत्काल उद्धार गरिएका वालाराम घर्तीलाई स्थानिय कालिमाटीमा रहेको मिलन मेडिकलमा उपचार गरिएको थियो । वेहोसमा रहेका वालारामको उपचारको क्रममा हिजो दिउसो मृत्यू भएको हो ।।

No comments:

Post a Comment

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.