इन्द्रेणी संवाददाता
घोराही, ९ चैत । फुलवारी गाविसको अम्मापुरमा घरेलु हिंसा न्युनिकरण सम्वन्धी सचेतना मुलक तालिम सम्पन्न भएको छ ।
नागरिक सचेतना केन्द्रको आयोजना र जिल्ला विकास समिति दाङको सहयोगमा भएको तालिमको समापन अवसरमा बोल्ने बक्ताहरुले घरेलु हिसा न्युनिकरणका लागि सवैको सहयोग आवश्यक रहेको बताएका थिए । महिलाहरुलाई घरेलु हिंसाका घटनाको बारेमा सचेत पार्नको लागि कार्यक्रम गरिएको गाविसका सामाजिक परिचालक गोविन्द सुवेदीले जानकारी दिनुभएको छ । तालिममा ४० जनाको सहभागिता थियो ।
नागरिक सचेतना केन्द्रका संयोजक नारयणी चौधरीको अध्यक्षतामा भएको तालिमको महिला अधिकारकर्मी शुष्मा गिरी, नागरिक सचेतना केन्द्रकी श्रोतव्यक्ति सावित्रा कार्की, बाख्रा पालन सहकारी संस्थाका अध्यक्ष भुमा कार्की, जनकल्यान सावका अध्यक्ष मानवहादुर विक लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । तालिमको प्रशिक्षकमा अधिकारकर्मी शुष्मा गिरी रहनुभएको थियो ।

No comments:
Post a Comment