ताजा अपडेट

...


कांग्रेस दाङ क्षेत्र नम्बर ३ मा पदाधिकारी मनोनयन



इन्द्रेणी संवाददाता 
नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर ३ मा पदाधिकारी मनोनयन गरिएको छ । आज बसेको नवनिर्वाचित पहिलो बैठकले पदाधिकारी मनोनयन गरेको हो । क्षेत्रीय समपति भुपबहादुर डाँगीको अध्यक्षतामा बसेको बैठकले उपसभापति कमल भगतसिंह भण्डारी, सचिवमा कमल गौतम, सहसचिवमा प्रकाश सुवेदीलाई मनोनयन गरिएको छ । यस्तै जेष्ठ सदस्य डिल्लीबहादुर बस्नेतलाई वरिष्ठ सदस्यमा मनोनयन गरिएको छ । बैठकले नेपाली कांग्रेसको १३ औँ महाधिवेशन सफल बनाउनकालागी आफ्नो क्षेत्रबाट सहयोग गर्ने सम्पूर्णमा धन्यवाद दिदै नवनिर्वाचित केन्द्रिय नयाँ कार्यसमितिलाई बधाई ज्ञापन गरेको छ ।

 यस्तै बैठकले कांग्रेस क्षेत्र नम्बर ३ का उपसभापति भगतसिंह भण्डारीको ममतामयी आमा अम्वीका भण्डारी, कांग्रेस क्रीयाशील सदस्य टेकबहादुर थापा, प्रजातान्त्रीक सेनानी त्रिपुर ५ का लक्ष्मीप्रसाद ओझा, कांग्रेसका सुवेच्छुक खुमबहादुर डाँगीका छोरा मिलन डाँगी, कांग्रेसका सदस्य जयन्ती बस्नेत र घोराही १० का गोपाल देवकोटाको श्रीमति सरता देवकोटाको निधनप्रति दुःख व्यक्त गर्दै परिवारजनप्रति समवेदना व्यक्त गरेको छ । बैठकमा आगामी दिनमा गर्ने कामको बारेमा पनि छलफल भएको थियो । बैठकको सहजिकरण सचिव बद्रि खड्काले गर्नुभएको थियो ।

No comments:

Post a Comment

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.