![]() |
निर्माणाधीन महोत्सव स्थल तस्वीर- कुलदिप न्यौपाने |
इन्द्रेणी संवाददाता
घोराही, १८ फागुन । दाङ जिल्ला उद्योग वाणिज्य संघले यही फागुन २१ देखी ३० गतेसम्म घोराहीमा आयोजना गरेको “दाङ व्यापारिक तथा पर्यटन महोत्सव एवं मध्यपश्चिम औद्योगीक कृषि मेला २०७२” को अवधिभर यातायात व्यवस्थीत गराउने भएको छ । महोत्सव अवधिभर जिल्लाका विभिन्न स्थानबाट घोराही आउने सार्वजनिक यातायातका साधनहरुले यात्रुहरुलाई महोत्सव स्थलसम्म पु¥याउनका लागि सहज यातायात व्यवस्थाका साथै विशेष छुट समेत दिइने भएको छ । संघसंस्था समन्वय समितिका संयोजक चन्द्रराज पन्तको अध्यक्षतामा मंगलवार बसेको बैठकमा यातायातका साधनहरुलाई महोत्सव स्थल घोराही–५ नवलपुरसम्म पु¥याउने जिम्मा यातायात व्यवसायी महासंघका राप्ती अञ्चल संयोजक भरतनाथ योगीलाई जिम्मेवारी दिईएको छ ।
त्यस्तै नेपालगञ्जबाट महोत्सवमा आउने दर्शकहरुलाई अम्वीकेश्वरी यातायात समितिले २५ प्रतिशत छुटमा ल्याउने भएको छ । यातायातका साधन आवतजावतको व्यवस्थापनकालागी जिल्ला ट्राफिक कार्यालय दाङका प्रमुख अरुणकुमार सिंहलाई जिम्मेवारी प्रदान गरेको छ । त्यस्तै महोत्सवमा आउने दर्शकहरुलाई राप्ती अञ्चल सार्वजनिक यातायात व्यवसायी समितिले आफने गाडी चल्ने हरेक रुटबाट आउने यात्रुहरुलाई विशेष छुटकासाथ महोत्सवमा ल्याउने र लैजाने भएको छ । त्यस्तै समितिले महोत्सवकालागी काठमाडौबाट दाङ आउने जाने अतिथि तथा कालाकारहरुलाई विशेष छुट दिने भएको छ । विशिष्ठ व्यक्तिलाई सय प्रतिशत छुट र अर्को एक जना विशिष्ठ व्यक्तिलाई ५० प्रतिशत छुटमा र अन्य कलाकारहरुलाई २५ प्रतिशत छुटमा सेवा दिने भएको छ ।
त्यसैगरी दाङ काठमाडौकालागी दाङ यातायात प्रालिले २५ प्रतिशत छुट दिने भएको मुल आयोजक समितिका संयोजक हेमराज बञ्जाडेले जानकारी दिनुभएकोे छ । महोत्सवमा उपस्थित यातायात समिति तथा प्रालिको व्यवस्थापनकालागी राप्ती अञ्चल सार्वजनिक यातायात समितिका वरिष्ठ उपाध्यक्ष भरतनाथ योगी, अम्वीकेश्वरी यातायात समितिका सचिव घनश्याम बस्नेत, मालिका कालिका यातायात प्रालिका घोराही ईञ्चार्ज हिमाल डाँगी, दाङ यातायात प्रालिका घोराही ईञ्चार्ज समीर वलीलाई जिम्मेवारी दिएको छ ।





