दाङ १८ फागुन,आज दाङ मा एक जना कार्यालय प्रमुख लाइ कालोमोसो दलिएको छ । भ्रष्टाचार गरेको आरोपमा जलउत्पन्न प्रकोप नियन्त्रण कार्यालय लमहीको १८ नम्वर डिभिजन प्रमुख वेदानन्द उपाध्याय माथी कालोमोसो दलिएको छ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीका कार्यकर्ताहरुले कार्यालय प्रमुख उपाध्याय माथी कालोमोसो छ्यापेका हुन् ।
उपाध्यायले भ्रष्टाचार गरेको विप्लव माओवादीको आरोप छ । वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रेमबहादुर खड्काका अनुसार ४/५ जनाको संख्यामा पुगेका ब्यक्तिहरुले कार्यालय प्रमुख उपाध्याय माथी कालोमोसो छ्यापेको खबर छ ।घटना भए लगतै जलउत्पन्न प्रकोप कार्यालयमा पुगे पनि कसैलाई पक्रेको छैन । ‘४-५ जनाको समूहमा पुगेका ब्यक्तिहरुले कार्यालय प्रमुख माथी कालोमोसो छ्यापेको पाइयो, प्रहरी तत्कालै कार्यालयमा पुग्दा उनीहरु भागिसकेका रहेछन् । कालोमोसो भरेर लगेको डिब्बा हामीले बरामद गरेका छौं, प्रहरी प्रमुख खड्काले भने, ‘घटनाको अनुसन्धान गरिरहेका छौं ।’
किसान संघ क्रान्तिकारले मंगलबार विज्ञप्ति निकालेर उपाध्यायले भ्रष्टाचार गरेकाले कालोमोसो दलेको जानकारी दिएको छ । नितिगतरुपमा उपभोक्ता समिति मार्फत गरिनुपर्ने कामलाई लाखौं रुपैयाँ कमिसन खाएर आफुखुसी गरेको आरोप किसान संघले लाएको छ।




