ताजा अपडेट

...


करोडौको वस्तु निर्यात



विराटनगर नाकाबाट चालु आर्थिक वर्षको सात महिनामा रु एक अर्ब ४५ करोड ४२ लाख ६१ हजार मूल्य बराबरका विभिन्न प्रकारका खाद्यलगायतका वस्तु भारततर्फ निर्यात भएका छन् ।

सबैभन्दा बढी रु एक अर्ब १२ करोड ८८ लाख ८७ हजार मूल्य बराबरका एक हजार ७७५ मेट्रिक टन अलैंची निर्यात भएको प्लान्ट क्वारेन्टाइन विराटनगरले जनाएको छ । रु १३ करोड ६१ लाख ९३ हजारको ६ हजार ९७७ मेट्रिक टन पिना, रु एक करोड ५१ लाख ३२ हजारको १४ मेट्रिक टन तेजपात र रु ११ करोड पाँच लाख ४७ हजारको १०१ मेट्रिक टन सुपारी निर्यात भएका छन् ।

यस्तै उक्त नाका भएर रु पाँच करोड ६३ लाख ५१ हजारको ६३० मेट्रिक टन अदुवा, रु १२ लाख १४ हजारको १२१ मेट्रिक टन कूचो, रु १२ लाखको १२ मेट्रिक टन गहुँचोकर, रु तेह्रलाख ३२ हजारको १११ मेट्रिक टन लिनसिड र रु दुई लाख ५५ हजार मूल्य बराबरको पाँच मेट्रिक टन मजिठो निर्यात भएको कार्यालयका प्रमुख गङ्गाप्रसाद यादवले जानकारी दिए ।

यस्तै रु १८ लाख ३० हजार मूल्य बराबरको ६१ मेट्रिक टन चिया, रु १६ लाख ८० हजारको ४० मेट्रिक टन रुद्राक्ष र रु सात लाख २० हजारको १६ मेट्रिक टन चिराइतो भारत निर्यात भएको छ ।

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.