घोराही, १५ फागुन
एओन मुभी मेकर्स प्रालि दाङको प्रस्तुतिमा जनयुद्धमा आधारित नेपाल कथानक चलचित्र ‘रोल्पा रोग’ को निर्माण गरिएको छ । जनयुद्धले समाज र व्यक्तिमा पारेको असरलाई समेटिएको चलचित्रको दाङ र रोल्पामा छायांकन गरिएको छ । जनयुद्धको उद्गम स्थल रौल्पाको धेरै स्थानमा यसको छायांकन गरिएको निर्माण पक्षले बताएको छ । निर्माण कम्पनीले शनिवार घोराहीमा पत्रकार सम्मेलन गरेर चलचित्रको बारेमा जानकारी दिएको छ ।
निर्मला वली र थलबहादुर वली निर्माता रहेको तलचित्रको रोल्पाको मिझीङ र खुमेलमा तथा दाङको पुरन्धारा गाविसको विभिन्न स्थानमा छायांकन गरिएको छ । दिपक वलीको लेखन, पटकथा र निर्देशन रहेको यस चलचित्रमा शिीर भण्डारी, जनक घर्ति, कुलदिप अधिकारी, सुशील पोख्रेल, विनु खड्का, कृष्ण थापा, रामवावु आक्रोस लगायतका कलाकारहरुको अभिनय रहेको छ । नरवाज उप्रेति र निश्चल पौडेलले छायांकन गरेको चलचित्र रोल्पा रोगमा गोविन्द मधुर आचार्य र शिीर भण्डारीको संगीत रहेको छ ।
बैशाख १७ गतेदेखी देशभर पर्दशन हुने यस चलचित्रको दाङमा विशेष च्यारेटी शो गरिने भएको छ । घोराहीका द्धन्दविपीत बालबालिकाहरुको सहयोगार्थ यही चैत २० गते घोराहीमा चलचित्रको च्यारेटी शो गरिने निर्माण पक्षले जानकारी दिएको छ । द्धन्द्धको विषयलाई समेटिएको यस चलचित्रको च्यारेटि शोबाट संकलन भएको रकमले द्धन्द्धपिडीत बालबालिकालाई सहयोग गरिने चलचित्रका निर्देशक दिपक सुवेदीले पत्रकार सम्मेलनम जानकारी दिनुभयो । चैत २० गते विहान ८ बजेदेखी घोराहीको गणेश चलचित्र मन्दीरमा च्यारेटी शो गरिने उहाँले बताउनुभयो । पत्रकार सम्मेलनको सहजिकरण चलचीत्रकर्मी नारायण नेपाल र अमृतमान वलीले गर्नुभएको थियो ।