इन्द्रेणी संवाददाता
घोराही, ४ चैत्र
महिला अधिकारको क्षेत्रमा काम गर्दै आएको महिला पुनःस्थापना केन्द्र ओरेक नेपाल दाङमा एक बर्षको अबधिमा १ सय ३७ वटा हिंसाका मुद्धाहरु आएको छ । ति मध्य ९३ वटा घरेलु हिंसा, ४ वटा बलात्कार र एउटा बलात्कार प्रयासका घटनाहरु रहेको छ ।
ओेरेक दाङले हिजो घोराहीमा पत्रकार सम्मेलन गर्दै एक बर्षमा गरेका काम र कार्यालयमा आएका उजुरीका बारेमा जानकारी दिएको हो । ओरेककी जिल्ला संयोजक तुलसा गिरीले बालबिबाहका कारण हिंसा र प्रजनन् स्वास्थ्यमा गम्भिर असर देखिएको बताउनुभयो ।
समान कामको समान ज्याला नहुदा पनि महिलाहरु आर्थीक परनिर्भता हुनै पर्ने बाध्यताले हिंसामा पिल्सीनु परेको उहाँले बताउनुभयो । साथै विभिन्न ठाउँहरुमा सञ्चालन गरेको स्वास्थ्य शिबिरमा स्वास्थ्य जाँच गराएका महिलाहरुमा प्रजनन् स्वास्थ्य समस्या बिकराल देखिएको ओरेकले जनाएको छ ।
१२ देखी २० बर्षको उमेरमा बिबाह गरेका महिलाहरुमा पाठेघरको मुख सुनिएको, ग्याष्ट्रिक, पिसावको संक्रमण, पाठेघरको मुखमा घाउ, पाठेघर खसेको, रक्तश्राब लगाएतका प्रजनन् स्वास्थ्य समस्या भएका १ हजार ३ सय ६० जनामा समस्या देखिएको उहाँले बताउनुभयो ।