इन्द्रेणी संवाददाता
देउखुरी, ४ चैत
देउखुरीको लमही नगरपालिका १ नर्तीमा वृहत खानेपानी आयोजना सञ्चालन हुने भएको छ । स्थानीय उपभोक्ता र लमही नगरपालीकाको संयुक्त लगानीमा खानेपानी आयोजनाको निर्माण कार्य अघि वढेको हो ।
६९ लाख ५० हजारको लगानीमा खानेपानी आयोजना निर्माणको काम अघि वढेको उपभोक्ता समितिका अध्यक्ष कुलचन्द्र पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार उपभोक्ताको १७ लाख ८५ हजार, लमही नगरपालिकाको ४१ लाख ६५ हजार र नगरविकास कोषको १० लाख लगानीमा खानेपानीको आयोजना सञ्चालन हुने भएको हो ।
यसविषयमा लमही नगरपालीका र उपभोक्ताको विचमा सम्झौता भएको छ । आयोजनाको भौतीक पूर्वाधार निर्माणको काम केहीदिनमै सुरु हुने भएको छ । ३ लाख लिटर क्षमता भएको ट्यांकी निर्माण गरिने योजना लागत स्टीमेटमा उल्लेख छ । ५ सय ८७ घरधुरीलाई खानेपानीको धारा वितरण गर्ने लक्ष्य राखिएको छ ।।