दाङ, २१ माघ
तुलसीपुरमा बहुउद्धेश्यीय सभागृह निर्माण गर्ने उद्येश्यले सुरु भएको धार्मिक महोत्सब आजपनि जारी छ । तुलसीपुर उद्योग वाणीज्य संघको आयोजनामा अस्ती देखि तुलसीपुरको अरनिको मैदानमा जारी धार्मिक महोत्सबमा हिजोसम्म लाखौ रुपैंया संकलन भएको छ ।
महोत्सबको दोस्रो दिन हिजो तुलसीपुरका यूवा व्यवसायी सुनिल आचार्यले २ लाख २२ हजार दुई सय २० रुपैंया प्रदान गर्नुभएको थियो । तुलसीपुरमा बहुउद्धेश्यीय सभागृह निर्माण गर्ने लक्ष्य सहित सुरु भएको महोत्सबमा अर्थ संकलन हुने क्रम जारी रहेको आयोजकले जनाएको छ ।
महायज्ञमा प्रमुख कथाबाचक दिनबन्धु पोख्रेलले कथा बाचन गरिरहनुभएको छ । महोत्सबबाट ५ करोड रुपैंया अर्थ संकलन हुने अपेक्षा राखिएको छ । यसैविच, दाङको देउखुरीमा पनि आजदेखी महायज्ञ सन्चालन गरिदै छ ।
लमही नगरपालिका ८ अर्नहवामा श्रमिदभागबत एवं महापुराण ज्ञानमहायज्ञ एक हप्तासम्म सन्चालन गर्न लागिएको हो । धर्मशाला निर्माण तथा मन्दिर व्यवस्थापन गर्ने उद्येश्यले शिव मन्दिर व्यवस्थापन समितिले आजदेखी महायज्ञ आयोजना गर्न लागेको हो ।।