ताजा अपडेट

...


पुर्वप्रधानमन्त्री कोइरालाको निधन



काठमाण्डौ, माघ २६ 
ईन्द्रेणी सम्वाददाता
पुर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको गएराति निधन भएको छ । निमोनियाका कारण ७९ वर्षीय कोइरालाको गएराति १२ बजेर ५० मिनेटमा निधन भएको हो । दमसम्बन्धी क्रनिक अब्सट्रक्टिव पल्मुनरी डिजिज (सीओपीडी) समस्याले एक्कासी च्यापेपछि अस्पताल लैजान नपाई कोइरालाको निधन भएको हो ।

 निधनको खबरपछि राति नै काठमाडौंमा उपलब्ध नेताहरु कोइराला निवास महाराजगन्जमा पुगेका थिए । यसैबीच कांग्रेसले महाधिवेशनको पूर्वसन्ध्यामा जारी निर्वाचन प्रक्रिया स्थगित गर्ने निर्णय गरेको छ ।
कांग्रेसको आज ११ बजे बस्ने आकस्मिक केन्द्रीय समिति बैठकले महाधिवेशनसम्बन्धी औपचारिक निर्णय गर्ने छ । जिल्ला अधिवेशनका लागि अधिकांश नेताहरु जिल्ला दौडाहामा छन् । सभापति कोइरालाको निधन भएको खबरसँगै सबै नेताहरु काठमार्डौं आउँदैछन् ।
अस्वस्थ भएपछि कोइराला सोमबार कुनै पनि सार्वजनिक कार्यक्रमममा सहभागी भएका थिएनन् । काठमाडौं कांग्रेसको अधिवेशन उदुघाटन, प्रधानमन्त्रीले बोलाएको पूर्वप्रधानमन्त्रीहरुको छलफलमा पनि जान उनी सकेका थिएनन् । यसैबीच कांग्रेसले शोक विज्ञप्ति जारी गर्दै कोइरालाको आकस्मिक निधनबाट सिंगो देश, नेपाली जनता र पार्टी पंक्ति स्तब्ध र शोकमग्न भएको जनाएको छ ।।

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.