ताजा अपडेट

...


सहिद थापाको शालिक स्थापना





ईन्द्रेणी सम्वाददाता
दाङ, २९ माघ

नेपाल मगर संघ दाङले घोराहीको त्रिभुवन पार्कमा सहिद लखन थापाको शालिक निर्माण गरेको छ । राणा शासनको समयमा हत्या भएका लखन थापाको शालिक निर्माण गर्न संघले २०६४ सालदेखी पहल थालेको थियो ।


राणा शासनविरुद्घ आवाज उठाउँदा १९३३ फागुन ३ गते गोरखामा थापालाई झुन्ड्याएर हत्या गरिएको थियो । थापाको सम्मान र सम्झनामा पार्कमा शालिक निर्माण गरिएको संघका जिल्ला अध्यक्ष सितलाल पुनले जानकारी दिनुभयो ।

पार्कमा थापाको शालिक निर्माणका लागि मगरहरुले विभिन्न टोल विकास संस्था, राजनैतिक दलहरुसँग छलफल गर्नुका साथै जिल्ला प्रशासन र घोराही नगरपालिकामा ज्ञापन पत्र समेत वुझाएका थिए ।

यसैबिच संघका जिल्ला अध्यक्ष पुन मगरले शालिक निर्माणमा सहयोग पु¥याउने सबैलाई धन्यवाद दिनुभएको छ । थापाको स्मृतिमा यहि फागुन २ गते शालिक अनावरण गर्ने तयारी गरिएको छ । शालिकको अनावरण सामान्य प्रशासन मन्त्री रेखा शर्माले गर्ने कार्यक्रम तय भएको मगर संघ दाङले बताएको छ ।।

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.