इन्द्रेणी सम्बाददाता
सरस्वती पुजाको अबसर पारेर दाङको पहिलो मन्टेश्वरी स्कुल युनाइटेड मन्टेश्वरीले आफ्नो तेस्रो बार्षिकोत्सव तथा अक्षर आरम्भ कार्यक्रम सम्पन्न गरेको छ। युनाइटेड मन्टेश्वरी स्कुलका म्यानेजिङ डाइरेक्टर लोक बहादुर बिसीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि जिल्ला शिक्षा कार्यालय दाङका निमित्त जिल्ला शिक्षा अधिकारी रामलाल खड्का हुनुहुन्थ्यो ।
बिध्यालयमा भर्ना भएका नयाँ बालबालिका हरुलाइ सरस्वती पुजाको अबसरमा अक्षर आरम्भ गराउदै प्रमुख अतिथि खड्काले विश्व भर व्यापक रुपमा एकछत्र राज गर्न सफल नयाँ आधुनिक शिक्षण विधि मन्टेश्वरी विधि बाट अध्यापन गराउने दाङमा पहिलो स्थापित बिध्यालय युनाइटेड मन्टेश्वरीले बालबालिकाको जिवनमा सकारात्मक परिवर्तन गर्नेकुरामा आफू विस्वस्त रहेको कुरा उल्लेख गर्नुभयो।
कुनै पनि नयाँ कुराको सुरुवात पक्कै पनि कठिन हुने भएकाले बिध्यालय लाई सुरु सुरुमा कठिन भएपनी यो विधि आम बालबालिका हरुमा बिस्तारै स्थापित हुने कुरा प्रमुख अतिथिले उल्लेख गर्नुभयो। त्यस्तै बिध्यालयका अभिभावक समेत रहेका कार्यक्रमका विशिस्ट अतिथी तथा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सुदिप गौतमले मन्टेश्वरी स्कुलले बालबालिकाहरुको व्याबहारमा सकारात्मक परिवर्तन ल्याउनुपर्ने कुरा बताउदै त्यो परिवर्तन युनाइटेड मन्टेश्वरीमा भएको कुरा बताउनु भयो।
त्यसैगरी कार्यक्रमका अर्का विशिस्ट अतिथी प्याव्सन दाङका अध्यक्ष यादव गिरीले युनाइटेड मन्टेश्वरी मन्टेश्वरी विधि बाट अध्यापन गराउने पहिलो स्कुल भएकाले यसले विभिन्न चुनौतीका बाबजुद आफुलाइ सफल बनाएको कुरा बताउदै निजि क्षेत्रमा अझै प्रगति गर्न संस्थापक , शिक्षक तथा अभिभावक डटेरै लाग्नुपर्ने कुरा बताउनु भयो। कार्यक्रममा बोल्दै अर्का बिशिस्ट अतिथि गणतन्त्र राष्ट्रिय दैनिकका प्रकशक सम्पादक सविन प्रियासनले स्कुल उत्घाटनको स्मरण गर्दै तत्कालीन समयमा समाजमा नयाँ कुरा भएकाले बिचलित नभएर आफ्नो योजानामा लाग्न सुझाव दिएको र निरन्तर मिहेनतको परिणाम स्वरुप अहिले यो स्कुल सफल भएको कुरा बताउनु भयो। कार्यक्रममा बिध्यालयका म्यानेजिङ डाइरेक्टर लोकबहादुर बिसीले बिध्यालयको बर्तमान गतिविधि तथा भबी योजना समेत प्रस्तुत गर्नुभएको थियो।
यसैगरी उक्त कार्यक्रमलाई क्रान्तिकारी पत्रकार संघका अध्यक्ष डिल्ली मल्ल , रेडियो मध्यपश्चिम एफ एम का समाचार सम्पादक निमु संगम घर्ती , थारु पत्रकार संघका अध्यक्ष तथा अभिभावक सन्तोष दहित संस्थापक अध्यक्ष महेन्द्र बुढाथोकी लगायतले बिध्यालय लाई सफलताको शुभकामना दिनुभएको थियो।
उक्त कार्यक्रममा बिध्यालयका बालबालिकाले विभिन्न नृत्य , गित तथा प्रहसन देखाएका थिए। बिध्यालयकी प्रिन्सिपल रन्जना पछाइको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजीकरण बिध्यालयका शिक्षा निर्देशक केशरमान बिसीले गर्नुभएको थियो।