ईन्द्रेणी सम्वाददाता
दाङ, ४ फागुन
सामुदायिक विद्यालयको शिक्षामा सुधार ल्याउन सबै सरोकारवालाहरुविच समन्वयको आवश्यक रहेको एक कार्यक्रमका सहभागीहरुले निष्कर्ष निकालेका छन् । लक्ष्मीपुर १ मसोटखोला स्थित सरस्वती प्राथमिक बिद्यालयले आयोजना गरेको पुरस्कार तथा छात्रबृत्ति बितरण कार्यक्रममा बोल्ने बक्ताहरुले यस्तो निष्कर्ष निकालेका हुन् ।
बिद्यार्थी, शिक्षक, अभिभावक तथा स्थानिय नागरिकहरुको चासो र सहयोगले मात्रै निजि बिद्यालय सरह सामुदायिक बिद्यालयहरु सक्षम बनाउन सकिने उनिहरुको धारणा थियो । विद्यालय व्यवस्थापन समितिका हस्तराम बुढाको अध्यक्षतामा भएको कार्यक्रममा बक्ताहरुले बिकट स्थानमा बिपन्न समुदायको चेतना स्तरलाई सहयोग पु¥याउन बिद्यालयले सोही अनुसारको शैक्षिक सुधार गर्नुपर्ने बताएका छन् ।
बिद्यालयका छात्रछात्रालाई छात्रबृत्ति तथा सवै भन्दा धेरै दिन उपस्थित हुने शिक्षकलाई सम्मान गरिएको थियो । कार्यक्रममा हरियाली सामुदायकि वन उपभोक्ता समुहले बिद्यालयलाई खेलकुद सामाग्री हस्तान्तरण गरेको छ ।।




