ईन्द्रेणी सम्वाददाता
घोराही, २१ माघ
क्रान्तिकारी पत्रकार संघ ५ नम्वर प्रदेशको प्रथम भेला पर्सी दाङको घोराहीमा हुने भएको छ ।भेलामा ५ नम्मर प्रदेशका केन्द्रिय सदस्य तथा ११ ओटा जिल्लाबाट तीन÷तीन जना प्रतिनिधि सहभागी हुने संघका केन्द्रिय कार्यालय सदस्य एवं प्रादेशिक समन्वय समितिका सदस्य अजयदीप शर्माले जानकारी दिनुभयो ।
प्रादेशिक भेलालाई सफल बनाउन क्रान्तिकारी पत्रकार संघ दाङले विभिन्न दुई ओटा समिति गठन गरेको छ । संघको हिजो घोराहीमा बसेको सचिवालय बैठकले अध्यक्ष डिल्ली मल्लको संयोजकत्वमा उपाध्यक्ष दिवाकार पोख्रेल र सह–सचिव जनक नेपाली सदस्य रहेको हल व्यानर तथा कार्यक्रम व्यवस्थापन समिति गठन गरेको छ ।
त्यसैगरी सचिव पाण्डव शर्माको संयोजकत्वमा कोषाध्यक्ष केशरमान विसी र सचिवालय सदस्य दामोदर बस्नेत (राकेश) सदस्य रहेको अतिथि व्यवस्थापन तथा स्वागत सत्कार समिति गठन गरिएको छ ।संघका अध्यक्ष डिल्ली मल्लको अध्यक्षता एवं केन्द्रिय कार्यालय सदस्य अजदीप शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकले दाङको तर्फबाट प्रादेशिक भेलाका लागि तीन जना प्रतिनिधि तोकेको छ ।
बैठकले प्रादेशिक भेलामा उपाध्यक्ष दिवाकर पोख्रेल, सचिव पाण्डव शर्मा र सह–सचिव जनक नेपाली प्रतिनिधिका रुपमा पठाउने निर्णय गरेको छ ।यसैबीच संघकाच अध्यक्ष डिल्ली मल्ल र सचिव पाण्डव शर्माले विज्ञप्ती निकालेर प्रादेशिक भेलालाई सफल बनाउन सबैमा आग्रह गर्नुभएको छ । विज्ञप्तीमा माघ २३ गते विहान ११ बजे नेपाल पत्रकार महासंघ दाङको सभाहलमा हुने भेलाको उद्घाट सत्रमा सहभागीताका लागि आग्रह गरिएको छ ।।