ताजा अपडेट

...


अखिल क्रान्तिकारीको संगठन सुदृढिकरण



ईन्द्रेणी सम्वाददाता
दाङ, २१ माघ

बिप्लव माओवादी निकट अखिल क्रान्तिकारी जिल्ला कमिटी दाङले जिल्लामा संगठन सुदृढिकरण अभियानलाई तिव्रता दिने जनाएको छ । २१ औं दाङ जिल्ला सम्मेलनपछि हिजो वसेको पहिलो बैठकले अव हुने स्वयियु निर्बाचनलाई मध्यनजर गर्दै जिल्लामा संगठनको कामकाज र गतिविधी वढाउने निर्णय गरेको हो ।

जिल्ला अध्यक्ष हेमन्त जिसीको अध्यक्षता तथा नेकपा माओवादी दाङका सेक्रेटरी बल वहादुर वली शितलको प्रमुख आतिथ्यतामा सम्पन्न वैठकले जिल्लाभर अखिल क्रान्तिकारीको विद्यार्थी जागरण ल्याउन विभिन्न क्षेत्र विभाजन गरी नेतृत्व समेत तोकेको छ ।

क्षेत्र नं १ मा सहसचिवमा ओमप्रकाश चौधरी, क्षेत्र नं २ मा शेरवहादुर चौधरी, क्षेत्र नं ३ मा सचिव मदन केसी, क्षेत्र नं ४ मा जोखिम वली र क्षेत्र नं ५ मा नन्दन वलीले नेतृत्व गर्दै संगठन निर्माणको काम गर्ने निर्णय भएको वैठकपछि सचिव मदन कसीले जानकारी दिनुभयो ।

यसैगरी संगठनको छात्रा विभाग प्रमुखमा उपाध्यक्ष प्रितिमा चौधरी र सन्चार विभागमा सदस्य जंग रेउलेलाई जिम्मेवारी दिईएको छ । यस्तै, संगठनको ११ सदस्यीय सचिवालय निर्माण गरिएको छ ।।

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.