ताजा अपडेट

...


पाण्डेय समाजको नयाँ नेतृत्व






ईन्द्रेणी सम्वाददाता
दाङ, १७ माघ

पाण्डेय समाज सेवा समिति दाङको ११ औं वार्षिक साधारसभाले ११ सदस्यीय नयाँ कार्यसमिति समेत चयन गरेको छ । अध्यक्षमा बोधीप्रसाद पाण्डेय, उपाध्यक्षमा हेमन्त कुमार पाण्डेय, सचिवमा दुर्गााप्रसाद पाण्डेय, कोषाध्यक्षमा ईश्वरी प्रसाद पाण्डेय र सहसचिवमा दामोदर पाण्डेय रहनुभएको छ ।

यसैगरी सदस्यहरुमा विष्णुप्रसाद पाण्डेय, यशोदा पाण्डेय, हेमराज पाण्डेय, रमेश कुमार पाण्डेय, निमकान्त पाण्डेय र विष्णु प्रसाद पाण्डेय रहनुभएको छ । यसैगरी भेलाले ९ सदस्यीय सल्लाहकार समिति पनि चयन गरेको छ । समाजका अध्यक्ष बोधीप्रसाद पाण्डेयको अध्यक्षता तथा खिमानन्द पाण्डेयको प्रमुख आतथ्यतामा भेला भएको हो ।

सो अवसरमा दाङ रामपुरका ८९ वर्षिया मति पाण्डेयलाई जेष्ठ नागरिककको रुपमा सम्मान गरिएको थियो भने एसएलसी परिक्षामा उत्कृष्ट अंक ल्याउने घोराही ६ फुर्सेखालीकी हिमा पाण्डेलाई दामोदर पाण्डेद्धारा स्थापित उच्च प्रतिभा पुरस्कारवाट १ हजार १ रुपैयाँसहित पुरस्कृत गरिएको थियो ।

यस्तै रामपुर ६ का लेखनाथ पाण्डेयले छोरा भिमराजको सम्झनामा २५ हजार ५ सय ५० रुपैयाँको अक्षयकोषको स्थापना गर्नुभएको छ । साधारणसभामा सचिव दुर्गाप्रसाद पाण्डेयले वार्षिक प्रगति र कोषाध्यक्ष ईश्वरी प्रसाद पाण्डेयले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।।

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.