इन्द्रेणी सम्वाददाता
घोराही, ८ फाल्गुन
दाङ जिल्ला उद्योग वाणीज्य संघले यही फागुन २१ देखी ३० गतेसम्म घोराहीमा आयोजना गरेको “दाङ व्यापारिक तथा पर्यटन महोत्सव एवं मध्यपश्चिम औद्योगीक कृषी मेला २०७२” मा मुख्य प्रायोजकमा घोराही सिमेट प्रालिले गर्ने भएको छ । “उद्योग व्यापार कृषी एव. पर्यटनको विकास परनिर्भरमूखी अर्थतन्त्रको निकास” भन्ने मूल नाराका साथ आयोजना गरिएको महोत्सवको मुख्य प्रायोजन घोराही सिमेन्ट प्रालिले गरेको हो ।
मूल समितिका संयोजक हेमराज बञ्जाडेले महोत्सवको विशेष प्रायोजकमा सोनापुर सिमेन्ट प्रालि रहेको जानकारी दिनुभयो । महोत्सवकालागी टिकटको प्रयोजन राप्ती अञ्चल सार्वजानिक यातायात व्यवसायी समितिले गर्ने भएको छ । यसविच, महोत्सवमा स्वर्गद्धारी महाप्रभुको मूतिरु राखीने भएको छ । महोत्सवमा पर्यटकीय तथा धार्मीक स्थल स्वर्गद्धारीका महाप्रभुको मूर्ति राखीने धार्मीक परिचालन उपसमितिका संयोजक माया पोख्रेलले बताउनुभयो । महोत्सव स्थलमा काठको मन्दिर निर्माण गरि महाप्रभुको मूर्ति राखीने उहाँले बताउनुभयो ।
उपसमितिको आज बसेको बैठकले महप्रभुको मूर्ति राख्ने निर्णय गरेको हो । उपसमितिका संयोजक माया पोख्रेलको अध्यक्षता मूल समितिका संयोजक हेमराज बञ्जाडेको प्रमुख आतिथ्य र मूल समितिका उपसंयोजक दिपक सुवेदीको विशिष्ठ आथितथ्यम भएको बैठकले यस्तो निर्णय गरेको हो । यसैगरी, भोजन तथा आवास उपसमितिको विस्तार गरिएको छ । उपसमितिका संयोजक बसन्त जोशीको अध्यक्षता एव. मूल समितिका सहसंयोजक दिपक सुवेदीको प्रमुख आतिथ्यमा भएको बैठकले उपसमिति विस्तार गरिएको हो ।
जसको उपसंयोजकमा दाङ देउखुरी होटल व्यवसायी समितिका अध्यक्ष रुद्रबहादुर डाँगी रहनुभएको छ । यस्तै सदस्यहरुमा दिपेन्द्र पुन, एकराज अधिकारी, लुतु पौडेल, वुद्धिप्रकाश शर्मा, बलराम जिसी, रामप्रसाद लम्साल, ईश्वरकुमार बुढा, बसनत जिएम, किरण घर्ति, कमल सुवेदी, हिमलाल वली, मनिषा कार्की रहनुभएको छ ।।