ताजा अपडेट

...


प्रतिकार गर्दा ज्यान गयो



इन्द्रेणी सम्वाददाता
रोल्पा, ८ फागुन
लुटेराको प्रतिकार गर्दा रोल्पामा एक युवकको ज्यान गएको छ । उवा–८ घोराबाङका ३३ वर्षका बस्ती घर्तिको लुटेराको प्रतिकार गर्ने क्रममा उनीहरुको आक्रमणबाट ज्यान गएका हो ।


सात जनाको समूहमा आएका लुटेरा लुटपाट गर्न थालेपछि प्रतिकार गर्ने क्रममा घर्तिको हत्या भएको प्रहरीले जनाएको छ । वैदेशिक रोजगारबाट घर फर्कँदै गरेका घर्तिको साथमा रहेको दुई लाख नगद र तीन तोला सुन लुटेर समूहले लुटेको प्रहरीले बताएको छ ।

लुटेराको आक्रमणबाट गम्भीर घाइते भएका घर्तिको स्थानीय स्वास्थ्य संस्थामा उपचारको क्रममा ज्यान गएको हो ।

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.