ताजा अपडेट

...


अरविन्द पथिकका केहि कविताहरु



अरविन्द पथिक
जन्म :-  ११ फेब्रुवरी १९७२
शिक्षा :- पोस्टग्र्याजुयट
प्रकाशित कृतिहरु :-  तीन कविता संग्रह प्रकाशित
आबद्धता :-  शिक्षण
ठेगााना :- शाहजहाँपुर, उत्तरप्रदेश–२४२४०१



आत्महत्या गर्न थालेका छन् कविताहरु

हतास र निराश छन् कविताहरु
लजाउँदै छन् आफैसँग
मसँग
सामाजसँग
कविताहरु जो उपज थिए
प्रेम या सन्त्रासका
घना अँध्यारोमा रोशनीको आसको
थाकेर बसिके
डराईसके
कुंठा र घुँटन नै बचेको छ
कविताहरु छुटिसके
टुटिसके
पिताको विवशलाई बुझ्ने छोरीजस्तै

हर उत्पीडनलाई चुपचाप झेल्दै
कविताहरु मौन भैसके
महानगरीय संघर्षहरुको एकान्तपनमा
कविताहरु कतै हराइसकेका छन्
कविताहरु जो गजल, गीत या छन्द हुनसक्थे
जिन्दगीको क्यानभासमा खुब सुन्दर स्टिकर
या व्यवस्थित तरिकाले लगाएको टालो हुनसक्थे
धुजा–धुजा भएर छितरी सके
महाकाव्यका कथानक लिएका कविताहरु
जिंगल का टुक्का भैसके
कविताहरु जो सती, सीता या सावित्री हुनसक्थे
साहित्यका कोठीहरुको
जुही, चम्पा, कमला या विमला भैसके
हो कविताहरु धेरै गहिरो निंद सुतिसके
सुत्नदेऊ यिनलाई

नजगाऊ
धेरै जतन र सावधानीसँग
भरखरै त सुताइएको छ
पत्रिकाको किनारामा ललीपप नथमाऊ
किनकि ललीपपको सहारामा जिन्दगी कट्नसक्दैन
ललीपपले क्षणिक मिठाससँगै
मुखको स्वाद नमीठो पार्नसक्छ
वितृष्णा, घृणा र क्षोभले भर्नसक्छ
कविताहरु बच्चाहरुझैं निश्छल हुन्छन्
यदि उठाउन सक्दैनौ यिनको जिम्मेवारी
छैन यदि शाहस र क्षमता
यिनलाई पालन–पोषण गर्ने
र घर जम गरिदिने
भने भ्रुणहत्या नै राम्रो हो आत्महत्याभन्दा
नत्र यी मरेर पनि सपनामा आउनेछन्
गाउनेछन्, रुनेछन्, सताउनेछन्
यसैले जन्मिन नदेऊ कविताहरुलाई
सामुहिक बलात्कारको समय हो यो
निर्दोष कविताहरु बाँच्दा बाँच्दै मर्नेछन्
लाश हुन पुग्नेछन् ।

सम्बन्धहरु

डराउन थाले
सम्बन्ध र नाताहरु
यी सम्बन्ध हुन या सरकार

जसलाई हामी बनाउँछौं
र यी हामीमाथि नै हुकुम चलाउँछन्
सुरु सुरुमा सपना ल्याउँछन्
र देखाउँछन्
र कुनै फिल्मी सपनाहरुजस्तै
कुनै एकान्तपनमा हराउँछन्
थोरै हसाउँछन् र धेरै रुवाउँछन् सम्बन्धहरु
सम्बन्ध नयाँ हुन् या पुराना
तोडिनु नियति हो यिनको
ढिलोचाँडो
भ्रम, मोह र मायजाल हुन्
हर सम्बन्ध संदेह र भयका
षडयान्त्र हुन्
गठजोड हुन्
सम्बन्धको हर सडकमा लेखिएको छ
अगाडि खतरनाक मोड छ
सावधानी हट्ने वित्तिकै
दुर्घटना तय छ
यसैले मेरो मनमा
बेचैनी छ ,  भय छ
किनकि म धेरै
लापरवाह मान्छे छु
आफूलाई नै ध्यान दिन सक्दिन
फेरि आफन्तहरुलाई के गरौंला ?
यस व्यस्त सडकको हर मोडमा
आफन्तहरुसँग थाहा छैन कति मृत्युवरणहरु गर्नेछु ?

ठूला समझदार हुन् ती
जसको लागि सम्बन्ध
चाइनिज आइटम हुन्
जसलाई प्रयोग गरेर फालिदिन्छन्
न हात कमाउछन्
र न भावुक नै देखिन्छन्
साथीहरु भविष्य र वर्तमान तिम्रो हो
तिम्रो ऊर्जालाई नमन छ –प्रणाम छ
दिनहु नयाँ सम्बन्ध बनउनसक्नु के मामुली काम हो ?
म त सम्बन्धहरुको भुतसँग टाँसिएको
उनको खरानीलाई मनमा घस्ने अघोरी हुँ
जसलाई आज पनि कुनै सिद्धी
या ज्ञानको खोजी गर्नुछ
जसबाट चिरंजिवी हुनपुग्नेछन् सम्बन्धहरु
उनमा भरिनेछ 
आत्मियताको, सहजताको
असमाप्त हुनेवाला सुवास
मेरो अहिले पनि छ ती सम्बन्धहरुको खोजी
जसको काँध पडकदैमा
हरेकतिर मात्र हुनेछ प्रकाश
ब्याट्रीको मूल्यमा
धेरै आशावादी छु म
आफन्तहरु तिम्रो असमर्थतादेखि
क्षुव्ध छु, व्यथित छु
फेरिपनि हताश छैन
किनकि  म पथिक हुँ । 


किन लेखूँ म ?

कलम मेरो सोध्छ
भन मलाई किन लेखूँ म ?
मैले लेखेकोले बाँच्न र बाँड्नलाई 
जब जुटाउन पाइनस तैंले
मंच या कि पत्रिका अखबारको मुखपृष्ठ
साथमा तेरो म रहूँ किन ?
गुमनाम प्रियसीझैं 
यातनालाई प्रतिपल सहूँ किन ?
छैन मठ, मन्दिर, महंतहरुको कृपा
न प्रसाद तैंले  ल्याउन सक्छस
दिन सकेको छस के त्यो मान या सम्मान
अधिकारी थिएँ म जसको सदादेखि.... ?
बीसबर्षभन्दा धेरै विते जे पनि भनिस तैलै
त्यही मैले लेखें
साथमा तसँगै म बगें
शब्दमा बगें र त पनि मसँग बगिस
त्यही सब मैले पनि झेलें
जो मौन रहेर तैले सहिस
जतिखेर त रोइस
भक्कानिएर रोएँ म पनि
तेरो निम्ति तँभन्दा धेरै लडें म
कहिले पनि तसँग मैले सोधिन
मलाई प्रतिफल के मिल्यो ?

मसँग तेरो प्रश्नको उत्तर छैन
सबै आरोप सत्य हुन
सिर झुकाएर मान्दछु
किंतु यो पनि सत्य हो
ओ मेरो कलम
झुकेर उठाउँथें यदि तलाई
रिसाउँथिस्
अनुनय याचनाका मंच
अखबार–पत्रिकाहरुको प्रायोजित पृष्ठमाथि
तलाई सजाउथें भने
त फुटेर जान्थिस
सत्य हो तिर्न पाइन ऋण तेरो
किंतु प्यारो मेरो प्यारो कलम
चलिरहिस तँ
सँगै मेरो हरघडी हरपल
पूर्ण आभामय
दन्किएर बलिरहिस भएर प्रबल ।
                         अनुवाद -  प्रमोद


।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.