ताजा अपडेट

...


द्धन्दपीडितहरु लाई तालिम



सन्तोष दहित
फागुन १२, धर्ना । हरप्लेस दाङको आयोजनामा धर्ना गाविसमा रहेका द्धन्दपीडितहरुको लागि संक्रमणकालिन न्याय सम्वन्धी विषयक गाविस स्तरिय तीन दिने तालिम बुधबार एक कार्यक्रमगरि धर्नामा समापन गरिएको छ ।
    संक्रमणकालिन न्याय तथा शान्ती मञ्च धर्नाका संयोजक तिलविक्रम पछाईको अध्यक्षताम तथा धर्ना गाविस सचिव लक्ष्मण अधिकारीको प्रमुख आथिथ्यमा भएको  तालिमको समापन कार्यक्रमम बोल्ने बक्ताहरुले तीनदिनसम्म तालिममा सिकेका कुरालाई व्यवहारमा लागु गर्नुपर्ने कुरामा जोडदिएकाथिए । यसैगरि द्धन्दपीडितहरुलाई लक्षितगरि  आयोजना गरिएको तालिम उपलब्धी मुलक रहेको र यसलाई निरन्तरता दिन दिनुपर्ने कार्यक्रममा बोल्नेबक्ताहरुले बताएकाथिए ।

 द्धन्दपीडितहरुको द्धन्द्धपीडितहरुको मनमा अझै पनि शान्ती नआएको र उनिहरुको न्यायको लागि यो तालिमले केहि सहयोग पु¥याएको ले यस्तो कार्यक्रम द्धन्दपीडितहरुको लागि राम्रोभएको बताएकाथिए । यसैगरि गाविसमा द्धन्द्धपीडितहरुको लागि विशेष कार्यक्रम नभएपनि द्धन्दपीडितहरुलाई हरेक कार्यक्रममा सहभागि गराउनसके राम्रो हुनेबताएकाथिए ।

    यसैगरि गाविस सचिव लक्ष्मण अधिकारीले गाविसको हरेक क्रियाकलापमा द्धन्दपीडितहरुलाई समावेश गराउन प्रतिबद्धता व्यक्त गर्नुभएकोथियो । महिला विशेष कार्यक्रममा द्धन्दपीडित महिला, बालकालिकाको कार्यक्रममा द्धन्दपीडित बालबालिका, आदिवासी, जनजाति, दलित लगायत सिमन्तकृतको नाममा आउने कार्यक्रममा द्धन्दपीडितहरुलाई विशेष सहभागिता गराउने सचिव अधिकारीले प्रतिवद्धता व्यक्त गर्नुभएकोथियो । त्यसैगरि संक्रमणकालिन न्याय तथा शान्ती मञ्चले द्धन्दपीडितहरुलागि राम्रो काम गरेमा आगामि वर्षमा गाविसबाट छुट्टै  बजेट छुत्याउन पहल गर्ने बताउनुभएकोथियो ।

    कार्यक्रममा नेपाली काँग्रेस गाउँ कमिट धर्नाका सभापति विष्णुमणि दाहाल, नेकपा एमाले गाउ कमिट धर्नाका उपाध्यक्ष बसन्ती महरा, राप्रपा नेपाल गाउँ कमिटीका अध्यक्ष तिलक केसी, स्थानिय शान्ती समिति धर्नाका संयोजक नोम बहादुर केसी, धर्ना गाउ विकास कार्यक्रमका उपाध्यक्ष कृष्ण बहादुर भण्डारी, तालिम सहभागिको तर्फबाट राधा डाँगी, रेशम बहादुर डाँगी लगायतले बोल्नुभएकोथियो ।
यसैगरि तालिममा तीन दिनसम्म सक्रिय रुपमा सहभागि भई तालिमलाई सफल बनाएको भन्दै सहभागिहरुलाई हरप्लेस दाङको जिल्ला कार्यक्रम संयोजक विनोद केसीले धन्यवाद दिनुभएकोथियो भने कार्यक्रमको सहजीकरण हरप्लेस दाङका फिल्ड कार्यक्रम सहायक सन्तोष दहितले गर्नुभएकोथियो ।

    तीनदिनसम्म चलेको तालिममा द्धन्द, द्धन्दका कारण, सकारात्मक द्धन्द, नकारात्मक द्धन्द, द्धन्दको विश्लेषण, शान्ती निर्माण, द्धन्द व्यवस्थापन, विवाद समाधान, द्धन्दपीडितहरुको अधिकार र सत्यनिरुपण मेलमिलाप आयोग तथा बेपत्ता आयोगले गर्ने काम कर्तव्यको बारेमा प्रशिक्षण दिइएकोथियो । तालिमको परामर्शदाता पुष्पराज अधिकारी भने तालिममा धर्ना  गाविसक २० जना द्धन्दपीडितहरुको सहभागिता रहेकोथियो ।

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.