ताजा अपडेट

...


मृत्युको पर्खाइमा सिता



 सिता अधिकारी को ज्यान बचाउन प्रवासी सहयोग


धनिराम शर्मा(ऋतुविचार)
हुन त संविधानमा स्वास्थ्यलाई मौलिक हकको रुपमा लेखिएको छ, तर दुर्गममा बस्ने सीता अधिकारी जस्ता विपन्न महिला स्वास्थ्य उपचार नपाँउदा मृत्य कुरिरहेकी छन् । दाङ देउखुरी गोबरडिहा २बस्ने सिता पाँच वर्षदेखि मृगौला समस्याको नियती भोगि रहेकी छन् ।  ३२ वर्षिय सिता २०६७ मा बुटवल स्थित आम्दा हस्पिटलमा सुत्केरी भएपछि उनको मृगौलाको समस्या देखिएको हो । 

 अस्पतालले चितवन मेडिकल कलेजमा रिफर गरेपछि उनको दुवै मृगौला फेल भएको थाहा लागेको हो । अस्पतालले दुवै मृगौला फेल भएको रिर्पाेट हातमा थमाइदिएपछि सिताको परिवारमा पीडाको आँधी हुरी बर्षेको हो।  अत्यन्त विपन्न परिवारकी सीताले धेरै अस्पताल धाइन धेरै औषधी सेवन गरेको बताइन् तर सुधार नभएको उनको दुखेसो छ् । 

दुवै मृगौला फेल भएको अस्पतालले जानकारी दिएपछि उनको परिवार चिन्तित छ, भएको जग्गा जमिन बेचेर २५ लाख बढी सकियो तर सुधारको कुनै संकेत छैन ।  हाल उनी भक्तपुर स्थित मानव अंग प्रत्यारोपण केन्द्रमा डाइलाशिस गराइरहेकी छिन् । रेडियोलोजिष्ट डाक्टर मोनिका श्रेष्ठले उनको डाइलासिस गरिरहेकी छन् । पाँच वर्षमा झण्डै २५ लाख रुपैया खर्च भएको छ।  
मृगौला प्रत्यारोपण गर्न उनलाई १२ लाख बढी लाग्ने डाक्टरले बताएका छन् तर उनीहरुसंग त्यति धेरै पैसा ल्याउने कुनै ठाँउ छैन । उता श्रीमतीको उपचारमा लाग्दा सबै सम्पत्ती सकिएपछि श्रीमान माधव न्यौपाने विछिप्त भएर मानसिक रोगी नै बनेका छन्, बुढा बा आमाको चिन्ता झनै पीडादयी छ, । छोरीको उपचारका लागि बुबाले गाँउको खेतबारी सके तर सुधार आउन नसकेको बुबा गिरबहादुर अधिकारीले दुखेसो सुनाए ।

 राज्यले स्वास्थ्यका नाँउ करोडौ रकम खर्चन्छ, गैरसरकारी संस्थाले धन ओइराइरहेका छन्, तर सिता जस्ता गरिब महिलाहरु औषधी उपचारको अभावमा गाँउमा छटपटाइरहेका छन्, एकातिर उपचार गर्ने पैसा छैन भने अर्काेतिर भनसुन गरिदिने कुनै आफन्त छैन, दैनिक विरामीको हेरचाहमा परिवार तनावमै  छ, ।

 एक सन्तानकी आमा सिताको पाँच वर्ष यता पीडा दैनिकी चलिरहेको छ ।दैनिक उनले तीन सय रुपैया बढीको औषधी नै सेवन गर्नु पर्छ, त्यसको आय श्रोत कतै छैन, एकातिर गरिबी अर्काेतिर दुर्गमतासंगै कसैको सहयोग नपाउदा उनीहरु झुप्रो घरमा छटपटाइरहेका छन् । उता सरकारले मृगौला पीडितिको लागि अनुदानको व्यवस्थापन गरेको भएपनि उनीहरु बेखबर छन् । कसैको पहँुच र सहयोग नहँुदा अहिलेसम्म उनले   मृत्यु कुरीरहेकी छन् । 

प्रबासीको सहयोगपछि  सिताको बाँच्ने आशा पलाएको छ

सिताको जीवन बचाउन भन्दै पछिल्लो चरण प्रवासी नेपालीले सहयोगको हात बढाएका छन् । गल्फमा बस्ने यूवाहरुले पसिना बगाएर कमाएको  केही पैसा सिताको जीवन रक्षाका लागि घरमै पुगी सहयोग हस्तान्तरण गरेका हुन् ।  एक औपचारिक कार्यक्रम गरि उनीहरुले सहयोग राशी उपलब्ध गराएका हुन् ।दाङ देउखुरी प्रवासी समाजले सिताको जीवन रक्षाका लागि रु एक लाख सात हजार तीन सय पन्ध्र उनकै माइती घरमा पुगेर हस्तान्तरण गरेका हो ।
 धन ठूलो होइन मन ठूलो भन्ने आदर्शका पक्षपाति प्रबासी दाजुभाईले आफ्नै गास काटेर एक विपन्न नेपाली चेलीको उद्दारमा लागेका छन् । उनीहरुको सहयोगले सिताको परिवारमा केही आशा त पलाएको छ तर पर्याप्त छैन, त्यसैले विभिन्न संघ संस्था मनकारी दाताहरुको सहयोगको याचना गरिरहेका छन् सिता परिवारले । मृत्यूसंग लडिरहेकी सीताको जीवन बचाउन रकम थोरै भएपनि केही राहात मिल्ने भएकोले आफूहरुले सहयोग गरेको प्रबासी अध्यक्ष नुमाकान्त  सुवेदीले बताए ।

 लामो समयदेखि बिरामी भएपनि केही समय अघि प्रवासीलाई जानकारी भएपछि आवस्यक प्रकृया पुरा गरि सहयोग गरिएको उनले बताए । विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको समाजले सिताको ज्यान बचाउन सहयोगी हातहरु बढाएको  अध्यक्ष सुवेदीले बताए  । साथै उनले सिताको जीवन रक्षा गर्न सबैको सहयोगको खाँचो रहेको बताउदै सबैलाई आग्रह गरेका छन् ।

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.