![]() |
| फाइल तस्वीर |
दाङ, १२ फागुन
पोखराबाट जोमसोमको लागि उडेको कल साइन 9N-AHH भएको 9N तारा एयरको जहाज आज बिहान ८ः१५ बजेदेखि सम्पर्कबिहीन भएको छ ।
पोखरा विमानस्थलबाट बुधबार बिहान ७ बजेर ५० मिनेटमा जोमसोमको लागि उडेको जहाज सम्पर्कबिहीन भएको हो ।
एयरलाइन्सका मिडिया कोर्डिनेटर भिम राईले विमानमा चालक दलका ३ सदस्य सहित २३ जना रहेको जानकारी दिए । उनका अनुसार २ जना विदेशी र १६ जना नेपाली यात्रु रहेका छन् । ‘अहिलेसम्म सम्पर्क भएको छैन । हामीले खोजी जारी राखेका छौं,’ उनले भने । रातोपाटी मा खबर छ ।
को को थिय जहाजमा
चालकदल
पाइलट रोशन मानन्धर
कोपाइलट विकेश एमफूलएअर होस्टेस रमा रावल





