इन्द्रेणी सम्वाददाता
दाङ, ७ फागुन
नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चा दाङको छैठौं जिल्ला सम्मेलन आज घोराहीमा हुँदैछ । विहान ११ वजे एकिकृत नेकपा माओवादीको पार्टी कार्यालयवाट विशेष झाँकी जुलुश सहितको ¥याली सुरु गरिने र कर्मचारी मिलन केन्द्रमा पुगेर कार्यक्रममा परिणत हुने मोर्चाले जनाएको छ ।
सम्मेलन उद्घाटनमा २ सय जना प्रतिनिधी र मोर्चाका कार्यकर्ता गरी १ हजार ५ सय जनाको सहभागीता रहने मोर्चाका प्रसारप्रसार संयोजक जनक नेपालीले जानकारी दिनुभयो ।
सम्मेलनको उद्ध्घाटन एकिकृत माओवादीका पोलिटव्यूरो सदस्य एवम् बिश्लेषक बिश्वभक्त दुलाल आहुतिले गर्नुहुने भएको छ । सम्मेलनले नयाँ नेतृत्व चयन गर्ने वताईएको छ ।।




