इन्द्रेणी सम्वाददाता
देउखुरी, ७ फागुन
देउखुरी स्थित राजपुरको फोहोरा गाँउमा हिजो भएको आगलागीवाट १२ घरका १ सय ५५ जना विस्थापित भएका छन । राजपुर गाबिस १ फोहोरा गाउँमा स्थानीय मायाराम यादवको घरबाट सल्कीएको आगोले ४९ वटा घरगोठ जलेर नष्ट भएको छ । २४ घर र २५ गोठ जलेर पुर्ण रुपमा नष्ट भएको हाम्रा देउखुरी स्थित पत्रकार दशरथ घिमिरेले जानकारी दिनुभयो ।
![]() |
घरमा कोही नभएको अबस्थामा आगो एक्कासि देखिएको स्थानियहरुले बताएका छन् । आगलागीबाट ६१ लाख ७५ हजार रुपैया वरावरको क्षति पुगेको प्रारम्भिक तथ्याँक रहेको छ । हिजो दउँसो कर ीव १२ बजे देखि शुरु भएको आगो बे लुका ६ बजे नियन्त्रणमा आएको थियो । पश्चिमबाट ठूलो हावा चले का कार ण आगो वस् तीमा फै लिएको थियो ।
आगलागीबाट मायार ाम यादवका तीन घर , दुई गो ठ, मालिकर ाम यादवको एक घर तीन गो ठ, के शव कुमालका दुई घर , दुई गो ठ, पार सनाथ यादवका दुई घर , एक गो ठ, आशार ाम यादवको चार घर र दुई गो ठ, तुलसीर ाम यादवका तीन घर र एक गो ठ, जगन्नाथ यादवको तीन गो ठ, तिलकर ाम ते लीका दुई गो ठ, र ामे श्वर यादवका दुई घर र एक गो ठ, गुरुप्रसाद यादवको एक घर र एक गो ठ जलेर नष्ट भएको छ ।
यसै गर ी उमार ाम यादवको एक घर , एक गो ठ, र ामआगर कुम्हार को एक घर र एक गो ठ, ते जबहादुर कुम्हार को एक गो ठ, सामसागर कुम्हार को एक गो ठ, एक घर , फुर्तीर ाम यादवको दुई गो ठ, पञ्चार ाम यादवको एक गो ठ, धर मदास यादवको एक गो ठ जले र नष्ट भएको प्रहर ीले जनाएको छ । खर र फुसको छाना भएका घर गो ठमा सल्किएको आगो निभाउन लमही नगर विकास समितिको दमकल पुगे को थियो भने आगो नियन्त्रणका लागि ने पाल प्रहर ी, सशस् त्र र ने पाली से ना खटिएका थिए ।
अग्निपीडितको विचल्ली भएको छ । एकसर ो कपडाबाहे क के ही बचाउन नसके का अग्निपीडित खुला आकाशमुनि आइपुगे का छन । यता, जिल्ला प्रशासन कार्यालय दाङले अग्नीपीडितहरुका लागी गर्नुपर्ने कामहरु चाँडै नै थाल्ने वताएको छ । दाङका प्रमुख जिल्ला अधिकारी दिपक काफ्लले एक घरका लागी ५ हजार उपलव्ध गराउने नीतिअनुसार प्रशासन अघि वढेको जानकारी दिनुभयो । उनीहरुको उद्धार तथा राहतका विषयमा आज छलफल गरिने उहाँले वताउनुभयो ।।
यसैविच
रोल्पाको जेदबाङ गाउँमा आगलागि हुदा एक जनाको जलेर मृत्युभएको छ भने सातवटा घरहरु नष्ट भएको छ । जिल्लाको जेदबाङ गाबिस ३ जेदबाङमा आगलागी हुँदा ६० वर्षीय नरबीर कुवँरको जलेर मृत्यु भएको हो । दृष्टिविहीन रहेका कुवँर घरभित्रबाट निस्कन नसकेर मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा सातवटा घर जलेर नष्ट भएका छन् ।
लालबहादुर कुवँरको दुईतले कच्ची घरबाट सल्किएको आगोले गाउँका सातवटै घर जलेका हुन् । हिजो बेलुकीबाट आगलागी भएको र आज विहानमात्रै पूर्णरुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायव उपरीक्षक रमेश थापाले जानकारी दिनुभयो ।
खरका छाना भएका घरमा आगो निभाउन समस्या भएको थियो । लालबहादुर कुवँर, नरबहादुर कुवँर, प्रेम कुवँर, पशुराम कुवँर, भिमबहादुर कुवँर र बोदीलाल गिरीको घर जलेको छ । आगलागीबाट घरभित्रका अन्न, लत्ताकपडा, कागजात सबै नष्ट भएका छन् भने एक दर्जन बढी बस्तुभाउ पनि जलेर मरेका छन् ।।





