ताजा अपडेट

...


गैरकानुनी सम्पत्ति आर्जननपछि छानविनमा




ईन्द्रेणी सम्वाददाता
काठमाण्डौ, ५ फागुन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारका सहसचिव एवं विभागीय प्रमुखसहित २६ पदाधिकारीलाई गैरकानुनी सम्पत्ति आर्जन गरेको आशंकामा छानविन सुरु गरेको छ । पदको दुरुपयोग गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको आशंकामा निजामती कर्मचारी, चिकित्सक, विभागीय प्रमुख, परिषद् सदस्य, डिन, आयोजना प्रमुख लगायत रहेका छन ।

अख्तियारबाट पछिल्लो पटक अकुत सम्पत्तिवारे छानबिन कारबाही अघि बढाइएका पदाधिकारीमा भूमिसुधार मन्त्रालयका सहसचिव रोहित कुमार भट्टराई, वीर अस्पतालका निर्देशक डा. स्वयंप्रकाश पण्डित, नेपाल मेडिकल काउन्सिलका सदस्य डा.अन्जनी कुमार झा, शिवजी पौडेल, एई अन्सारी, निरज पन्त, रोशन पिया र कुलदीप गोइत रहेको आयोगले जनाएको छ ।

यस्तै नेपाल आयल निगमका निर्देशक नागेन्द्र शाह र वितरण विभाग प्रमुख सुशील भट्टराई सम्पत्ति छानविनको दायरामा तानिएका छन् । सार्वजनिक आहोदामा रहेका ति व्यक्तिहरुले सम्पत्ति लुकाएको आशंका गरिएका सम्भावित बैंकमा लकर रोक्का गर्न अख्तियारले पत्र पठाएको छ । यी पदाधिकारीसहित अख्तियारले एक सय ९८ जना व्यक्तिमाथि अकुत सम्पति छानविनको कारबाही तीव्र पारेको छ ।।

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.