इन्द्रेणी सम्वाददाता
दाङ, ७ फागुन
देउखुरीको राजपुर गाबिस १ फोहरा गाउँका अग्नि पिडितलाई जिल्ला दैवि प्रकोप उद्धार समिति र जिल्ला बिकास समिति दाङले प्रति परिवार ६ हजार रुपैयाँ सहयोग गर्ने भएको छ । निमित्त प्रमुख जिल्ला अधिकारी भरतकुमार बुढाथोकीको अध्यक्षतामा आज बसेको दैवि प्रकोप उद्धार समितिको बैठकले अग्नि पिडित परिवारलाई जिल्ला प्रशासनको तर्फबाट ५ हजार र जिल्ला विकास समितिको तर्फबाट एक हजार गरि ६ हजार रुपैयाँ दिने निर्णय भएको हो ।
साथै अग्नि पिडितहरुलाई तत्कालका लागि रेडक्रसबाट भाडाबर्तन, त्रिपाल, कपडा उपलब्ध गराउने, महिला तथा वालवालिका विकास कार्यालयबाट महिलाहरुका लागि कपडा, दाङ देउखुरी इट्टा व्यवसायीको तर्फबाट खाद्यान्न वितरण गर्ने निर्णय भएको छ । तत्कालका लागि उक्त राहतहरु आजै बितरण गर्ने र बस्तुस्थितीको बारेमा जानकारी लिन निमित्त प्रमुम जिल्ला अधिकारी बुढाथोकी, प्रहरी प्रमुख एसपी कुबेर कडायत, तारादल गणका गणपति बाणिराज खनाल सहित विभिन्न बिषयगत कार्यालय र रेडक्रसको टोली घटना स्थलमा जादै छ ।