ताजा अपडेट

...


लेखक र साहित्यलाई बेचिदिन्छन – आहुति



दाङ, ७ फागुन । आख्यानकार एवम् कवि आहुतिले लेखक र साहित्य दुबैलाई मालको रुपमा परिणत गरी बेचिदिने प्रवृत्ति साहित्यको बजारीकरण भएको बताउनु भएको छ ।

मदानी साहित्य समूहले शुक्रबार बिहान घोराहीमा आयोजना गरेको साहित्यमा बजारीकरण विषयक अन्तरक्रियामा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
बजारीकरणले साहित्यमात्रै होइन, लेखक समेतलाई बेचिदिन्छ, उहाँले भन्नभयो, ‘अहिलेका प्रकाशकहरु लेखकलाई यस्तो लेख्नुस्, उस्तो लेख्नुस् भनेर ‘आइडिया’ दिन्छन् । प्रकाशकले नै लेख्न लगाउँछन् ।’

बजार र बजारीकरण फरक कुरा भएको बताउँदै आहुतिले साहित्यका लागि बजारको आवश्यकता हुने भए पनि बजारीकरणले साहित्यकै भ्रष्टिकरण गरिरहेको दावी गर्नुभयो । गम्भीर रचनालाई भन्दा छिपछिपे रचनाहरुलाई नै आम मानिसमा स्थापित गर्ने गरी खेल हावी भइरहेको भन्दै आहुतिले गम्भीर रचनाहरु अध्ययन गर्ने पाठकहरु नै बन्न नदिई साहित्यलाई माल मात्रै बनाइदिने बजारीकरणको मुख्य उद्देश्य रहेको बताउनुभयो ।

साहित्यमा देखिएको तीव्र बजारीकरणका विरुद्ध लड्न विचारको हतियारमात्रै अचुक भएको उहाँले बताउनुभयो । ‘अब विचारको हतियारबिना बजारीकरण विरुद्ध लड्न सकिदैन, उहाँले भन्नुभयो, ‘पाठकलाई किताबी कीरो बनाइदिने, लेखक र साहित्यलाई बिक्रीको वस्तु बनाइदिने बजारीकरण कुनै व्यापार मात्र होइन, यो विचारको कुरा हो ।’

मदानी अभियन्ता गणेश ओलीले संयोजन गर्नुभएको कार्यक्रममा प्रमुख वक्ता आहुतिलाई पत्रकार तथा साहित्यकार सविन प्रियासनले खाँदा ओढाएर सम्मान गर्नुभएको थियो ।

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.