ताजा अपडेट

...


काङ्ग्रेस सचिवमा डाँगी



इन्द्रेणी सम्बाददाता 
 दाङ ७ फाल्गुन । नेपाली काङ्ग्रेस दाङ को नयाँ नेतृत्वको लागि आज भएको निर्वाचनको परिणाम सार्वजनिक भएको छ।

जसमा कांग्रेसको बिधान बमोजिम सभापतीका लागि ५१ % मत ल्याउनु पर्नेमा सो मत परिणाम कसैले पनि ल्याउन नसकेकाले सभापतीको लागि भोलि फेरी निर्वाचन हुने भएकोछ ।

भोली पहिलो मत प्राप्त गर्ने कृतिबहादुर खड्का र दोश्रो मत प्राप्त गर्ने कमलकिश्वर घिमिरे बीच पुन निर्वाचन हुने भएको छ भने सभापतीको मैदानमा उत्रेकी बर्तमान संसद अनिता देबकोटा भने तेश्रो स्थानमा आएर बाहिरिएकी छिन ।

यसैगरी आजै भएको कांग्रेस दाङ को सचिव र कोषाध्क्ष  निर्वाचनमा भने चुनाबी प्रक्रिया सकिएको छ ।
कांग्रेस दाङको सचिव मा पुर्व  सचिव तथा लोकप्रिय युवा नेता शंकर डाँगी र कोषाध्क्षमा सावित्री राणा बिजयी हुनुभएको छ ।

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.