ताजा अपडेट

...


देशभर श्रद्धान्जली सभा



ईन्द्रेणी सम्वाददाता
दाङ, ९ फागुन
नेपाली कांग्रेसले स्वर्गीय शुशिल कोईरालाको १३ औँ दिनको पुण्यतिथीमा आज दाङसहित देशभर श्रद्धान्जली सभा गर्ने भएको छ । तत्कालीन सभापति एवं पूर्वप्रधानमन्त्री सुशील कोइरालाको निधन भएको १३ औं दिनको पुण्यतिथिमा आज दाङमा पनि श्रञ्द्धाजलि कार्यक्रम आयोजना गरिएको कांग्रेसले जनाएको छ ।


कांग्रेस केन्द्रीय कार्यालयको निर्णय देशभरका जिल्ला सदरमुकाममा श्रद्धाञ्जलि कार्यक्रम गर्न लागिएको हो । कार्यक्रममा सहभागी हुन केन्द्रबाट अस्तुसहित केन्द्रीय सदस्य तथा नेताहरू जिल्ला पुगेका छन् । कांग्रेस केन्द्रीय कार्यालयले सबै जिल्लामा केन्द्रीय नेताहरूलाई पठाएको हो ।

काग्रेंस दाङका नवनिर्बाचित सचिव शंकरप्रसाद डागींले कोईरालाको स्मृतिमा पार्टी कार्यालयमा बिहान ११ बजे हुने कार्यक्रममा उपस्थितिका लागी सबैमा अनुरोध गर्नुभएको छ । कोइरालाको गत माघ २६ गते निधन भएको थियो । उहाँको निधनमा पार्टीको जारी महाधिवेशनका कार्यक्रम केही दिन स्थगित भएका थिए । १३ दिनसम्म पार्टीका कुनै पनि औपचारिक कार्यक्रम गरिएका छैनन् । भोलिबाट कांग्रेसले महाधिवेसन केन्द्रित औपचारिक कार्यक्रम गर्नेछ ।।


।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.