![]() |
| नवनिर्वाचित अध्यक्ष रेखा मगर |
अध्यक्षमा रेखा मगर
इन्द्रेणी सम्बाददातादाङ, ९ फागुन दाङमा क्रियाशिल मगर पत्रकारहरुको भेलाले रेखा मगरको अध्यक्षतामा ९ सदस्यीय मगर आमसञ्चार समाज दाङ गठन गरेको छ । अग्रज पत्रकार उदय जिएमको अध्यक्षतामा आज घोराहीमा सम्पन्न भेलाले एक सदस्य पछि थप गर्नेगरी ९ सदस्यीय मगर आमसञ्चारकर्मी समाज दाङ गठन गरेको हो ।
जसको उपाध्यक्षमा पुनम घर्ती मगर, सचिवमा शान्तकुमार वुढा मगर र कोषाध्यक्षमा बिमला घर्ती मगर रहनुभएको छ । यसैगरी सदस्यहरुमा बसन्त घर्ती मगर, ईरादा झाँक्री मगर, मनु मगर र सागर थापा रहनुभएको छ । साथै भेलाले टिकाराम उदासी, उदय जिएम, निमुसंगम घर्ती र देबिका घर्ती मगरलाई सल्लाहकारुहरुमा चयन गरेको छ ।
भेलाले मगर आमसन्चाकर्मी समाजको यहि फागुन १७ गते काठमाण्डौमा हुन लागेको प्रथम राष्ट्रिय महाधिवेशनमा दाङवाट ५ जनालाई केन्दिय प्रतिनिधिमा पठाउने निर्णय समेत गरेको छ । प्रेम वहादुर राम्जा, प्रेमविवश घर्ती, रेखा मगर, पुनम घर्ती र शान्तवहादुर वुढा मगरलाई राष्ट्रिय महाधिवेशनमा पठाएर महाधिवेशन भव्य रुपमा सफल पार्ने निर्णय गरेको हो ।
यसैविच, मगर आमसञ्चार समाज दाङको पहिलो बैठकले भेला सम्पन्न गर्न सहयोग पु¥याउने सबैमा धन्यवाद ज्ञापन गरेको छ । साथै बैठकले समाजको नियमित वैठक प्रत्येक महिनाको पहिलो शनिवार बस्ने निर्णय गरेको छ ।।





